Categories: बाल कथा

प्रवृत्ति


सृजना घिमिरे ढकाल
सितापाइला,काठमाडौं

“सपना मात्रै देखेर हुन्छ कि, काम पनि गर्नुपर्छ !”
बिहानको आठ बजेसम्म सुतिरहेको छोरालाई बाले कराए।
“नकराउनु है, बा सुत्न दिनु। उठेर चैँ के काम छ र ?”
छोराले आँखा नखोली जवाफ दियो।
“ए गधा! समयको ख्याल गर। तन्नेरी छोरो आधा दिनसम्म लम्पसार परेर सुतिरहेको छ, बुढा बा आमा रातदिन घोटिएका छौँ। जोरिपारीलाई हाँस्ने बहाना किन दिन्छस् है ?”
बाको कुरा सुनेर छोरो जुरुक्क उठ्दै बर्बरायो, “के चै गरौँ त ? विदेश जानलाई पासपोर्ट पेशेकै छु, रिन खोज्दैछु। अरु के गरौँ ?”
“ए, देखिनस् ? तेरो बाउले हाडछाला घोटेर जोडेको टारबारी ! अचेलका केटाकेटीलाई के भएको हो ? विदेशमा चैँ कामै नगरी पैसा फल्छ कि ?”
बाको कुराले छोरो झन् झोक्कियो। “ए म खेतवारी जोत्न पो जाम ! अब बाँकी त्यही छ। म त हार खाइसकेँ यो जिन्दगीबाट।”
छोराको कुरा सुनेर बाले लामो सुस्केरा हाल्दै भने, “भालेको डाँकभन्दा पहिला उठी नुनको भारी बोकेर धरानबाट उकालो लाग्दा ढाक्रो बिसाउन लगाएको तोक्मा चिप्लिएर लडेको त्यो दिन ! सबै सकियो जस्तो लागेको थियो। बुढाबाआमा, साना बालबच्चाको भोको पेटको सम्झनाले मर्न दिएन। एउटा हात गुमाएर पनि आजसम्म तिमीहरूलाई पालनपोषण गर्दैछु। समाजमा अरुभन्दा सानो भएर बाँच्नु परेको छैन। तिमीहरूलाई जति सुविधा भयो, त्यति नै मातिन्छौ हैन ?”
केही मथ्थर हुँदै छोराले भन्यो, “मिहिनेत गरे आफ्नै देशमा सुन फल्छ भन्दै अमेरिकाको डिभी त्यागेर कृषक बनेका भान्दाइ बिहे गर्ने केटी नपाएर बुढा भइसके। तपाईँको जमाना जस्तो कहाँ छ बा? अहिले त गाई पाल्नेभन्दा कुकुर पाल्नेको धेरै इज्जत छ समाजमा।”छोराको कुराले सोचमग्न हुँदै बाले भने, “समाज बन्ने हामीबाट नै हो। आज भन्दै भोलि भन्दै, रिन र रोगको भारीले थिचिँदै गएको सामाजको सोचको परिवर्तन हुन्छ।” छोराले भन्यो।
“बा, पहिले यो कुरा समाजलाई सम्झाउनुहोस्। मेरो पनि रहर होइन, समाजले लादेको बोझ हो।”
छोरोलाई ढाडस दिँदै बाले भने, “ढिलो होस् वा चाँडो, आफ्नै ठाउँमा गरेको मिहिनेतको कदर अवश्य हुन्छ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

21 hours ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

21 hours ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

22 hours ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

2 days ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

2 days ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

2 days ago