Categories: कविता

“नबाेल”


पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६, दाेलखा

बाेल्नु पर्छ बाबू नानी,
मुस्कानले बाेल,
धेरै बाेल्नु बेकार छ,
कम कम नै बाेल।

छिटाे बाेले बुझंदैन,
सुस्त सुस्त बाेल,
झुठाे बाेल्दा दुख हुन्छ,
सधैं सत्य बाेल।

सुन्नेलाई सुनाैँ पार्न,
प्रेम भावले बाेल,
बाेल्नै लागि नबाेल ल,
शब्द मिठास बाेल।

रूखाे बाेली शत्रु बन्छ,
नम्र भावले बाेल,
प्यारप्यार गर्नु भन्दा,
आवश्यकताले बाेल।

बुझ्नलाई धेरै सुन,
आफू कम नै बाेल,
बाेली गाेली फर्कदैनन्,
शब्द ताैली बाेल।

गफाडीले गफै चुट्छ,
पुग्ने कुरा बाेल,
बाेल्नै पर्नेभए बाेल,
नत्र बाेल्दै नबाेल।

सारथि बाल पत्रिका

View Comments

  • I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

21 hours ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

21 hours ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

22 hours ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

2 days ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

2 days ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

2 days ago