Categories: बाल कथा

प्रश्न

अन्जु शर्मा
रातोपुल

“आमा!हजुर र कुकुरमा को ठूलो ?”सानी छोरीको प्रश्नले म तरङ्गित भएँ।
मैले छोरीलाई काखमा लिँदै” तिमीलाई यस्तो प्रश्न गर्न कस्ले सिकायो ?”मीठो भाषामा सोधेँ।
“कस्ले पनि हैन,आफैँ जानेको। हजुरले छोएको कसैले पनि खानुहन्न,पूजाकोठा ,भान्सा कतै पनि जानदिनुहुन्न। अनि हाम्रो काले कुकुर चाहिँ हजुरआमा सँगै तुलसी भगवानको मोठमा जान्छ। हजुरआमाले चढाएको दूध खान्छ। भान्सामा पनि जान्छ।”
“ए म नछुने भएकोले अपवित्र भनेर जान दिनुहुन्न नि!”
” हजुर सधैँभरि नछुने हुनुहुन्छ हो ? हजुरलाई त कहिले पनि पूजा गर्न दिनुहुन्न त हजुरआमाले।”
” म तिम्री हजुरआमा भन्दा तल्लो जातकी पनि हुँ नि; त्यहीँ भएर होला।”
“अनि गोबर सोर्न,जुठाभाँडा माझ्न,बारीको काम गर्न चाहिँ हजुरको जातले हुन्छ?”
“अ: हुन्छ।”
” उसोभए आमा! म कुन जातमा परेँ ? पवित्र कि अपवित्र?”
छोरीको प्रश्नले मेरो टाउको गह्रु’गो भयो ।मैले जातीय ,बर्गीय,नारी स्वतन्त्रताका सबै दफा संझे। परिवर्तन हुन नसकेको समाज संझे अनि भक्कानिएर लडेँ। होसमा आउँदा म अस्पतालको शैयामा थिएँ। छेउको टिभीबाट समचार प्रसारित हुँदै थियो । “घरेलुु हिंसाका कारण नारी अभियान्ताको अवस्था चिन्ताजनक।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

3 hours ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

3 hours ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

1 day ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

1 day ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

2 days ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

2 days ago