Categories: बाल कथा

ज्ञानको कमी

भूमिका गैरे, तिमिल्सिना
गैंडाकोट – ४, नवलपुर

“ए लौन ! के गर्ने हो ? गुहार– गुहार! सबैजना जानु पर्यो पल्लो गाउँमा । बिगोकै भएको छ रे!”जाऊ जाऊ शान्तिले भनी। “हैन ,त्यस्तो के भएको रहेछ ? किन हस्याङ्फस्याङ् गरेकी ? डराएकी पनि छौ त।चिड्चिड पसिना काडी छौ।” सन्तबहादुरले जिज्ञासा राख्यो।
पल्लो गाउँमा बिरे र धनेको लडाइ भयो रे ! धनेले बिरेको पैसा चोर्यो रे, त्यसैमा हात हालाहाल भएछ। त्यसपछि त झन झगडाले उग्र रुप लिएछ। धने फटाहा, धूर्त थियो क्यारे! बिरे कठै बरा ! सोझो / इमान्दार थियो । के थाहा चोर्यो पनि होला। फेरि थपी।
“हैन के गरेको हो, धने तैले ? तलाई लाज लाग्दैन । आफ्नै मिल्ने साथीको पैसा यसरी चोर्न हो । यस्तो काम नि गर्ने हो।” अनि फेरि हेरन न, “जो चोर उसैको ठूलो स्वर” भने झै उही लड्छ बा।” कस्तो जिद्दी मान्छे रहेछ है यो , तलाई बजिया ?” जङ्गियो सन्तबहादुर “चोरेको पैसाले कति पो पुग्छ र ? मान्छे हट्टाकट्टा, बलिया देखिन्छौ । काम गरन काम , आफै मिहिनेत गरेर कमाएको पैसाको बल्ल माया लाग्छ । सही ठाउँमा लगानी गरी हेर त बाबु ! अनि बल्ल थाहा हुन्छ , पैसाको महत्त्व।” सम्झाई शान्तिले बिरेको पैसाको टुङ्गो लाग्न नपाउँदै पुलिस आइपुग्यो । धनेलाई लिएर गयो । त्यहाँ भएका सबै लाखापाखा लागे, हतार सबैलाई । अनि शान्तिले सोची, “ज्ञान दिने केही परामर्शदाता आई दिए नि हुँने । यो सब ज्ञानको अभावले भएको हो। बेलैमा राम्रोसँग सम्झाउन पाए सुध्रिन्थ्यो होला धने। खै कसको चासो ? घटना घट्नुभन्दा घट्ना घट्नै नदिनु राम्रो हुँने थियो।”
शान्तिले सन्तबहादुरलाई भनी, “अचम्म! गौतम बुद्ध जन्मिएको देशमा ज्ञानको अभाव हगि !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शत्रु

बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…

8 hours ago

“गुण”

ह्रदय लेकाली बोल्दैन लाटो जब बोल्न थाल्छ ढुङ्गा र माटो पनि बोल्छ थाल्छ त्यो जून…

9 hours ago

“विद्यार्थीहरूप्रति”

आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…

9 hours ago

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

1 day ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

1 day ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

2 days ago