प्राकृतिक आपदा”

अनन्तकुमार बस्नेत

आकाशमा दिनहुँ बादल गर्जिँदैछ
सन्त्रासमा विरहमा मन तर्सिँदैछ
देखिन्न रौनक शरद् ऋतुको बिहानी
लेखिन्छ दैनिक जसो बहका कहानी।

पानी परेर धरणीतल छिन् जलाम्य
यो रौद्र रूप कसरी भन हुन्छ साम्य
त्यान्द्रो समाउन कतैतिर भेटिँदैन
बाँच्ने कुनै छनक यो पल देखिँदैन।

बाढी पसेर घरगोठ सबै डुबायो
खाद्यान्नको अति अभाव यहाँ दिलायो
सङ्कष्टमा छ जनजीवन हे विधाता !
लान्छौ कि निर्मम बनी भन प्राणदाता

बाटा कुला सकल संरचना बगायो
बस्ती निमेषभरमै मरु तुल्य पार्
प्राणी विहङ्ग सब आकुल छन् धराका
लाखौँ वनस्पति बगे वन कन्दराका।

सम्पूज्य यो प्रकृति दोहन गर्न हुन्न
छोडेर धर्म अति भौतिक बन्न हुन्न
साझा न हो भुवन मालिक हैन कोही
आयौँ यहाँ सफर गर्न बनी बटोही।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

16 hours ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

17 hours ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

17 hours ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

2 days ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

2 days ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

2 days ago