मधुसूदनप्राद धिमिरे
चङ्गा उडाऊँ साथी हाे
ऊ त्याे चङ्गा माथि गाे
त्यसलाई चेट् पार्ने नै हाे
धागाेमा माझा लगाकाे।
हाम्राे लट्टाइ राम्राे हाे
रामेकाे भन्दा ठुलाे हाे
स्यामेकाे भन्दा सानै हाे
हेर्दा छरिताे राम्राे मेरै हाे।
दशैँ आयाे साथी हाे
पिङ् खेल्न जाति हाे
लिङ्गेपिङ्काे गरालाे
रुखमा पिङ् रमाइलाे।
दशैँ खेल्ने, खाने चाड् हाे
दुर्गापूजा जमरा प्रसाद हाे
आशीष लिने ठूलाकाे
खुशी हामी भुरा हाे।
चङ्गा लडाऊँ साथी हाे
चङ्गा चुडिए नरिसाउ भाे
पिङ् चङ्गा हामी सवैकाे
मिलेर खेले हुन्छ रमाइलाे।
श्रोतः नेपाली बालसाहित्य
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…