मधुसूदनप्राद धिमिरे
चङ्गा उडाऊँ साथी हाे
ऊ त्याे चङ्गा माथि गाे
त्यसलाई चेट् पार्ने नै हाे
धागाेमा माझा लगाकाे।
हाम्राे लट्टाइ राम्राे हाे
रामेकाे भन्दा ठुलाे हाे
स्यामेकाे भन्दा सानै हाे
हेर्दा छरिताे राम्राे मेरै हाे।
दशैँ आयाे साथी हाे
पिङ् खेल्न जाति हाे
लिङ्गेपिङ्काे गरालाे
रुखमा पिङ् रमाइलाे।
दशैँ खेल्ने, खाने चाड् हाे
दुर्गापूजा जमरा प्रसाद हाे
आशीष लिने ठूलाकाे
खुशी हामी भुरा हाे।
चङ्गा लडाऊँ साथी हाे
चङ्गा चुडिए नरिसाउ भाे
पिङ् चङ्गा हामी सवैकाे
मिलेर खेले हुन्छ रमाइलाे।
श्रोतः नेपाली बालसाहित्य
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…