Categories: बाल कथा

प्रेम दिवस

दुर्गा वनबासी

‘प्रेम एउटा शाश्वत अनुभूति हो । यो आफैमा निस्वार्थ र पावन हुन्छ । यसको कुनै जाति, धर्म, वर्ग, लिंग, राष्ट्रियता केही पनि हँुदैन । बाबुआमाले सन्तानलाई र सन्तानले बाबुआमालाई गर्ने प्रेम, दाजुभाइ, दिदीबहिनीको प्रेम, परिवार, आफन्त, इष्टमित्र, छरछिमेकी र साथीभाइको प्रेम, प्रेमी–प्रेमीका र पति–पत्नीको प्रेम, सम्पूर्ण प्राणी जगतलाई गरिने प्रेम, भक्तले ईश्वरलाई र ईश्वरले सृष्टिलाई गर्ने प्रेम यी सबै प्रेमकै उदाहरण हुन् । आजभोलि कुत्सित स्वार्थले प्रेमको अर्थ, गरिमा र पावनतालाई संकुचित गरेको छ । त्यसैले आजैदेखि हामी स्वार्थ र साँगुरोपनबाट माथि उठेर प्रेम गर्न सिकौँ । सबैलाई प्रेम–दिवसको न्यानो प्रेमील शुभकामना !’
लगभग सबै वक्ताहरुले यस्तै बोले आजको कार्यक्रममा । विशेष युवा तथा किशोर जमातबाट सस्तिएको र गलत अर्थ र फेशनको रुपमा मनाइन थालिएको प्रेम–दिवससम्बन्धी भ्रम चिर्नलाई आयोजित उक्त कार्यक्रमका वक्ताहरु पनि विशेष युवाहरु नै थिए । यति सुन्दर र उदाहरणीय कार्यको निम्ति आयोजक भाइहरुलाई हृदयैदेखि धन्यवाद दिन मन लाग्यो । कार्यक्रमपश्चात सबै आ–आफ्नो गन्तव्यतिर लागे । म भने दर्शक दीर्घाबाट उठेर मञ्चतिर लागेँ ।
अकस्मात दुई युवाहरु एक अर्कालाई कुर्सी हानाहान गर्न थाले, अरु भाइहरुले दौडेर छुट्याए । दुबैलाई दुई तिरबाट केही केटाहरुले समातेका भए पनि दुबै फुत्किन भरमग्दुर प्रयास गर्दैथिए । शिष्टताको सीमाभन्दा धेरै पर पुगेर उनीहरुले एक अर्कालाई प्रयोग गरेका शब्दहरु सुन्दा पत्यार गर्नै मुश्किल थियो कि भर्खरै कार्यक्रममा त्यति मीठो बोल्ने कार्यक्रमका आयोजक सदस्य थिए उनीहरु । उनीहरुका वादविवाद र झगडाबाट प्रष्ट थियो– उनीहरु एउटी केटीको लागि यति पर पुगेका थिए । दुबै जना त्यस केटीलाई आफ्नो निजी सम्पत्ति जत्तिकै हकदाबी गर्दै लडिरहेका थिए ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

13 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

13 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

2 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago