Categories: बाल कथा

सुन्दरी

प्रणय दिवस विषयक लघुकथा

सुनिता निरौला पौडेल
भक्तपुर – राधे राधे ,निकोशेरा

“आमा ! तौलिया ,साबुन बिर्सिएँछु ,खै दिनुन ”
“महिनामा एकदिन नुहाउँनु छ , त्यै पनि बिर्सने के ! आँफुले नुहाउँने भनेपछि सबै लिएर जानु नि ! जति भने पनि यसलाई नलाग्ने ” आमाले रिसाउँदै भन्नुभयो ।
” लौ.. सेम्पो पनि सकिएको रहेछ आमा ”
“अब त्यसै नुहाउ है छोरा ”
बगैँचाबाट फुल टिपी आमालाई ल्याएर दियो । खुशी हुँदै उहाँले
“धन्यवाद छोरा ! पूजाको लागि फूल टीप्न जान लागेको ,ल्याईदिस् ”
” म तपाईँलाई धेरै माया गर्छु ”
” के भन्छ हौ ,यो केटाले ? ”
“आज “प्रणय दिवस “को दिन सुन्दरीलाई शुभकामना दिन रियल्सल गर्या के ।” छोराले हाँस्दै भन्यो ।
” जुँगाको रेखी पनि राम्रोसँग बस्या छैन प्रणय दिवस “के भन्या हो छोरा ,माया त सँधैभरी पो हुन्छ ,बर्षमा एकदिन गरेर हुन्छ र !
” आज सरस्वती पूजा ” विद्याकी देवीको आराधना गरन ” आमाको कुरै नसुनी बगैँचातिर लाग्यो ।
त्यहाँ एउटा फूल टीप्यो अनि सुन्दरीलाई भेट्न गयो ।
” सुन्दरी ,प्रणय दिवसको शुभकामना “भन्दै फूल उनलाई दियो ।
“आहा!! साना ,कति राम्रो फूल ,अझै २-४ वटा फूलहरु ल्याउन ”
” किन र सुन्दरी ??? “अचम्म मान्दै भन्यो उसले ।
” घरबाट ८-१० वटा फूलहरु ल्याएको थिएँ ,सबै सकियो ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ताली बज्यो लै लै !

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…

6 hours ago

“कुकुर मेराे साथी”

आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…

6 hours ago

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

1 day ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

1 day ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

1 day ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

1 day ago