Categories: बाल कथा

प्रेरणा


तुलसी पण्डित

ए बाबु ठूलाबाबालाई पानी ल्याइ देउ त ?
ठूलबाबा म पहिले हजुरलाई ढोग गर्छु अनि पानी होइन मोही ल्याइ दिन्छु है । यस्तो गर्मी छ । मोही खाएपछि शितल हुन्छ ठूलाबाबा ।
चङ्खे टोलाउन थाल्यो।
किन फरक भयो मेरो छोरो र यसमा । यी दुबै एउटै उमेरका हुन् । सँगै स्कुल पढ्न जान्छन् ।
आज बिहान आफू खेतमा काम गर्न लाग्दा छोरो पुग्यो ।
“बाबु जाउन मलाई तिर्खा लाग्यो । पानी लिएर आउँ त ?”
उसले भन्यो।
“तिर्खा लागे आफैँ जाने घर पानी खान । कसले ल्याउँछ यहाँ पानी ।”
म पसिना बगाएर खेतमा काम गरिरहेको थिएँ । उसका कुराले मैले आँखा देखिन । समातेर गालामा एक चड्कन लगाइ दिए । ऊ रुँदै भाग्यो । ऊ गएपछि म आफ्नो काममा व्यस्त भएँ । केही समयपछि उसले पछाडिबाट लठ्ठी ल्याएर बेतोडले हान्यो । म थचक्कै बसेँ ।
ऊ खुच्चिङ्खाइस् भन्दै भाग्यो। यस्तै सोच्दै गर्दा एक्कासि आएको आवाजले ऊ झसङ्ग भयो। “बाबा ल लिनु मोही ।” “मोही निकै मिठो रहेछ ।”
“बाबा टन्न खानु है नपुगे म अरु पनि ल्याइ दिन्छु । ”
ऊ मोही लिन भित्र गयो । त्यही मौका पारेर उसले छिमेकी भाइलाई सोध्यो।
“होइन यति असल छोरा कसरी बनाउन सकिन्छ ? आफ्नो छोरो त तल बगाएर माथि खोज्न जाने जस्तो छ । आज बिहान मलाई सुम्ला उठ्ने गरि पिट्यो उसले । ल हेर्त नीलै भएछ।”
“आफ्ना सन्तानलाई असल बनाउन सानैबाट नैतिक आचरण सिकाउनु पर्छ जस्ले उनीहरुलाई सही बाटोमा हिड्ने प्रेरणा मिलोस्।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

3 hours ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

3 hours ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

4 hours ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

1 day ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

1 day ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

1 day ago