Categories: बाल कथा

“टम एण्ड जेरी”

सोम कुमार सुब्बा
लिङ्दोक,पूर्व सिक्किम
पाँच वर्षीय बच्चीको हर्कतले गाउँ छ्क्क पार्यो। उनी अङ्ग्रेजीमा बोल्थिन्,गाँउथिन्,बुझ्थिन्,जब कि उनका बाआमाहरु ठेट नेपाली भाषी थिए , उनी स्कुल गाकी पनि थिइनन्।
गाउँलेहरु यसलाई देवीको अवतार मान्थे भने कतिपयले चमत्कार। उनको बाले भने आमाको चरित्रमाथि शङ्का गर्थे।उनको नाक,मुख,आँखा परपुरुषसँग तुलना गर्दै कलह गर्थे।
बालिकाको बर्ताउमा पशुत्व व्यवहार थपियो। बाआमा अझ चिन्तित भए। उनलाई धामीझाँक्री लगाए,अस्पताल लगे,फरक परेन।
एकदिन केही बुद्धिजीवीहरुको सुझाव बमोजिम मनोचिकित्सककोमा लगे। उनले बाआमालाई सोधे-
“तपाईँहरुको दिनचर्या बताउनोस्।”
“हामी बिहानै खेतीपातीमा जान्छौँ , बेलुकी फर्कन्छौँ।” बाले भने।
“बच्ची को सँग बस्छे ?”
“एक्लै।”
“रुदिँनन् ?”
“पहिला रुन्थिन्, अब बानी पर्यो।”
“कसरी बानी भो ?”
“हामी उसलाई खाना खुवाएर टिभी खोलिराखी दिन्छौँ।”
“अनि बाहिर ताल्चा लगाइ दिन्छौँ।” आमाले थपिन्।
मनोचिकित्सकले गहिरो श्वास लिँदै सोधे -“कुन सिरियल खोलिदिन्छौ?”
आमाले बच्चीको कपाल सुमसुम्याँउदै भनिन् – “अङ्ग्रेजी च्यानल,टम एण्ड जेरी।”
सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

4 hours ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

4 hours ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

4 hours ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

1 day ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

1 day ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

1 day ago