Categories: कविता

“फलफूल”

बिन्दु पौड्याल वस्ती

चितवनको घरमा
आँपलिच्ची बोटमा
दमैचरी हल्लिन्छे
सुपारीको बोटमा

कटरको रुखमा
झोलाजत्रै फलेको
टिप्न जान खोजेको
झन्नै म त लडेको

सानो सानो अनार
फल्छ हॅास्दै मुहार
टिपी खान काटेको
टम्म रस भरिएको

कटेरोको छेऊमा
भॅुईकटर फलेछ
त्यता हेरिरको त
आँप पनि झरेछ

अग्ला अग्ला रुखमा
पहॅेलो भै पाकेको
यस्तो मेवा खाएर
रोग सबै भागेको

पानी खान भनेर
धारातिर गएको
मिठो वास्ना चलाएर
रुखमै अम्बा पाकेको

बजारमा बसेर
बासी थोरै किनेर
फलफूल खाएको
मन खुसी नभको

अब छुट्टि हॅुदा
गाउॅ जान्छु म त
बाआमासॅग बसेर
रमाउॅछु है त ।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

1 day ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

1 day ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

1 day ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

2 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

2 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

2 days ago