टीकाराम जाेशी
टीकापुर
उसले पिठ्यूँकाे झाेला झन्डै बजारे जस्ताे लाग्याे मलाई।
हे बुवा! हिजाे हजुरले के भनेर आउनु भाथ्यो स्कुलमा। डेढ घण्टासम्म घाममा उभिन लगाएर सजाए दिए आज हामीलाई प्रिन्सिपलले।
ए ! तिमीहरुलाई सजाए दिइ हाल्नुपर्ने जस्ताे त मैले केही पनि भनेकाे थिएन।
मेरा साथीहरुले तिम्रो बुवाले गर्दा हाे भन्थे।
धान खाने मुसाे चाेट पाउने भ्यागुतो । मैले मनमनै साेचे हेर , आफ्नाे बच्चाकाे बारेमा बुझ्न विद्यालयमा अभिभावक आउँदैनन् भन्ने गुनासाे सुनिन्छ। म तिम्रो पढाई कस्ताे भैराखेकाे छ भनेर बुझ्न पाे गएकाे थिएँ। धेरैजसाे कक्षाका विद्यार्थी यताउति दगुरेकाे देखेर एउटा विद्यार्थीलाई कक्षाका शिक्षक कता हुनुहुन्छ भनि साेधेकाे थिएँ।
अँ , मेरा साथीहरुले हजुरलाई देखेका थिए।
म धेरै बेरसम्म पर्खेँ तर कक्षामा काेही आएनन् । जब त्याे अन्तिम घण्टी पढाई नहुने भए कुरेर किन बस्नु। तिमीलाई लग्ने अनुमति दिनुहाेस् भनेर सहायक प्रिन्सिपललाई भनेकाे मात्र थिएँ।
हामी कक्षामा अनुशासित भएर बसेनाैँ भनेर सजाय दिएकाे हाे रे। आज फिल्ड ट्रिप थियो। त्याे पनि क्यान्सिल गर्नु भाे।
महँगाे फिस लिने स्कुलमा त यस्ताे हुने रहेछ। मैले मनमनै साेचेँ।
भयाे, धेरै चित्त नदुखाउ। अनि बाँकी समय पढाई भयाे त ?
दुई विषय मात्रै।
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…