प्राडा प्राज्ञ खेमराज खनाल
पिण्डेश्वर क्याम्पस, धरान-१४, सुनसरी
अघिल्लो दिन
“यो बाटो लानू न बाबा, छिटो हुन्छ ।”
“हुँदैन छोरा, त्याँ ट्राफिक अङ्कल बसेका छन् । एकातर्फी बाटो हो । लाइसेन्स लान्छन् । जरिवाना तिर्नुपर्छ ।”
भोलिपल्ट
“आज त ट्राफिक अङ्कल छैनन् । यै बाटो जौँ छोरा । मोटरसाइकल यतै घुमाएँ है मैले ।”
“ट्राफिक अङ्कल नहुँदा चैँ नियम मान्नुपर्दैन बाबा ?”
“अलिकति बठ्याइँ पनि त गर्नुपर्छ छोरा । लाटासोझाको जमाना छैन आजभोलि ।”
पर्सिपल्ट
“बाबा, म स्कुल हिँडेको, खाजा खाने पैसा दिनु न ।”
“त्याँ मेरो गोजीमा छ, पचास रूपियाँ निकालेर लैजा ।”
“अरे, पचास रुपैयाँ भनेको त पाँच सय रुपैयाँ पो लगिछस् त ! के गर्या तैँले ?”
“बठ्याइँ गर्या नि बाबा । अब म पनि त बाठो भएँ नि ।”
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…