Categories: कविता

“बनेर तारा तब चम्किने हो”

कृष्णशरण उपाध्याय पौडेल

छन्द : उपजाति

उठी बिहानै सब बाबु नानी
ज्ञानी हुने हो नि पढी कहानी
चरी सरी चिर्बिर गीत गाई
कि फूल झैँ सुन्दर मुस्कुराई।

हो बाल्नु पर्ने कि त ज्ञान ज्योति
हो बन्नु पर्ने कि त रत्न मोती
उद्देश्य ठूलो छुन लम्किने हो
बनेर तारा तब चम्किने हो।

अगाडि बढ्ने त नदी सरी हो
पढ्ने र लेख्ने पनि बेसरी हो
सफा हुने गर्छ बगेर पानी
उस्तै लिने हो व्यवहार – बानी।

मेटाउँदै प्यास ; नदी बहन्छन्
बग्दा अनेकौं विपदा सहन्छन्
बगी बगी ती कति देश घुम्छन्
घुमी घुमी दूर समुद्र चुम्छन्।

बाँच्ने अरू निम्ति त बोट झैँ हो
लिने अरू को पिर – चोट नै हो
छायाँ दिने हो कि त अन्य लाई
मायाँ दिने हो कि त दीन लाई।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

20 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

20 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago