रमेशचन्द्र घिमिरे
सम्झाइदिए यत्तिकै पुग्छ हामीलाई
पिट्नु हुन्न नपिट्नु दुख्छ हामीलाई
विद्यार्थीलाई पशुझैँ ठान्नु हुँदैन
रिसको झोकमा लौराले हान्नु हुँदैन
निर्दयी भै यसरी पिट्ने बानीले
जानेको’नि बिर्सिन्छन् स्याना नानीले
सम्झाई–बुझाई गरे त बुझिहालिन्छ,
मख्ख पर्दै बसेर पढ्न थालिन्छ
यस्ता कुरा गुरुबा बुझ्दै बुझ्दैनन्
रोए पनि फकाउन्नन् आँसु पुछ्दैनन्
घरमा जस्तै स्कुलमा हाँस्न पाइयोस्
गीत गाउँदै रमाउँदै नाच्न पाइयोस्
माया पाए गुरुको पाठ बुझिन्छ
बाबालाई झैँ गुरुलाई बल्ल पुजिन्छ ।
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…