Categories: बाल कथा

बफरजोन


ढाकामोहन बराल
पोखरा ७ मासबार , कास्की

“म त अहिले पनि पाँच कक्षामा पढ्ने हो ।” फुलनदेवीले भनी।
“दुई वर्ष त पाँच कक्षामा पढेर सकेको हैन ?” उ भन्दा दुई चार वर्ष जेठो नरदेवले सोध्यो।
“हो ।” उसले छोटो जवाफ दिई।
गाउँको बिचको मैदानको एक छेउमा प्राथमिक विद्यालय थियो अर्को छेउमा सार्वजनिक इनार थियो । त्यसैले सबैजना जम्मा हुने ठाउँ थियो यो । १० कक्षामा पढ्दै गरेको नरदेव भरखरै निजी विद्यालयको स्कुल बसबाट झर्दै थियो।
“घरको साइकल के भयो ?” उसले सोध्यो।
“ठिक छ ।” उसले भनी।
“के गर्ने गाउँमा हाईस्कुल नभए पछि अर्को गाउँको स्कूलमा भए पनि त जानु पर्यो नि ल म काकासँग कुरा गर्छु।” उनी भन्दा उ परिपक्व देखिन खोज्यो।
“काम छैन भनेर पनि ।” फूलनदेवीले भनी।
“किन ?” प्रश्न गर्यो छोटो।
“मेरो बाबासँग तिम्रो जस्तो बस हुने स्कूलमा पढाउने क्षमता छैन ।” उसले भनी।
“सरकारी स्कुल पनि छ त । साइकलमा गए त भयो नि ।” उसले सुझाव दियो।
“मेरो दिदीलाई साइकल चढेर स्कुल जाँदा बाघले झम्टेर लगेको थियो रे ।” फूलनदेवीले बुबाले गाउँ बाहिरको विद्यालयमा पठाउन नसकेको कारण बताई।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

20 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

20 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

20 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

21 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

3 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

3 days ago