Categories: बाल कथा

क्षमता


डा छायादत्त न्यौपाने

बिहान ७ बजेतिरकाे समय। क्याम्पसमा पढाउँदै थिएँ। बाहिर बरन्डाकाे कलह सुनियाे । भित्रकाे कुरा सुन्नै सकिएन। क्यै विद्यार्थी साथीहरू रमाए तर पढाइमा रुचि भएकालाई सह्य भएन । क विद्यार्थीले उठेर भने- सर , यी सचेत नागरिकले सही र गलत छुट्याउन नसकेका कि नुनकाे साेझाे ? राजनीति विरोध र समर्थन दुई टाेकरीकाे फाेहाेर कि समाज परिवर्तनको सूत्र ? हाे, भन्या आफू लागेको समूहले जे गरे पनि ठिक अर्को समूहले जे गरे पनि बेठिक ? यै दाेहाेरीले खाइदियाे हाम्रो सिङ्गै जीवन , निभाइदियाे भविष्यको दियाे । न निर्बाध पढ्न पाइन्छ न पढेर काम ! ख विद्यार्थीले दुखेसो पाेखे । म बबुराे ट्वाल्ल परेर सुन्या सुन्यै। कक्षा छाडेर हिँडुँ, समय बाँकी । बिचैमा ग विद्यार्थीले भने -सर, याे अपशब्द बाेलेर जित्न खाेज्ने बहादुरले रैछ है राजनीति गर्ने ? सधैँ विराेध, गाली, अरूलाई हाेच्याएर आफू अग्लाे हुने रे ! याे कस्तो विवेकी विश्वास हाे । हामीले त्यै पत्याइदिने, हामी उस्तै कि यी भरौटे खराब ? मलाई असजिलो भइरहेको थियाे । कति मौन रहनु, आँट गरेर भनेँ- दाेषी हामी पनि हौँ , देश र जनताको नाम लिए भन्दैमा झुक्किइरहने ? सही कुराे नखाेज्ने दाेषी हामी नै हौँ । एक दुई पटक त हाेला भन्ने भाे पटकपटक पत्याउने ढाँटेकाे याेजना र प्रतिबद्धता ? खै हाम्रो विश्लेषण गर्ने क्षमता र इमान ? मलाई उछिनेर क विद्यार्थीले त्यै त सर कतै विकासे नामले लाभ लिने रहेछन् क्यारे ! आफ्ना भनिने नेताले जे बाेले त्यै ठिक, जे गरेँ त्यै राम्राे ? कसैले साँच्चै राम्रो गर्न खाेजे अड्बाङ्गे खड्बाङ्गे भाँझाे हाल्ने ? यी अन्ध भक्तहरूकाे बिगबिगी कहिलेसम्म सहने ? कि ढिलै भए पनि बिउँझने हाे ? यति सुनेपछि अलिकति साहस आयाे । हाे, साथीहरू ठिक भन्दै छाै । विद्यार्थी राजनीति पार्टीको निर्देशनमा चल्नु र पाँच वर्षमा एकपटक मासुभात वा सानाेतिनाे विकास बजेट पाएँ भन्दै आँखा चिम्लेर समर्थन र विरोध गर्नु दुबै गलत हुन् । याे सामान्य लाग्ने तर समग्र उन्नयनकाे हलाहल भन्ने बुझेर व्यवहार कुशल नबनाएसम्म हात लाग्ने यै काेलाहल हाे। नत्र कहाँ दिन्छन् र खाेला सङ्लिन धमिलोमा माछा मार्न पल्केका विलासीका आश्रित कार्यकर्ताले ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

18 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

19 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

19 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

19 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

3 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

3 days ago