डा छायादत्त न्यौपाने
बिहान ७ बजेतिरकाे समय। क्याम्पसमा पढाउँदै थिएँ। बाहिर बरन्डाकाे कलह सुनियाे । भित्रकाे कुरा सुन्नै सकिएन। क्यै विद्यार्थी साथीहरू रमाए तर पढाइमा रुचि भएकालाई सह्य भएन । क विद्यार्थीले उठेर भने- सर , यी सचेत नागरिकले सही र गलत छुट्याउन नसकेका कि नुनकाे साेझाे ? राजनीति विरोध र समर्थन दुई टाेकरीकाे फाेहाेर कि समाज परिवर्तनको सूत्र ? हाे, भन्या आफू लागेको समूहले जे गरे पनि ठिक अर्को समूहले जे गरे पनि बेठिक ? यै दाेहाेरीले खाइदियाे हाम्रो सिङ्गै जीवन , निभाइदियाे भविष्यको दियाे । न निर्बाध पढ्न पाइन्छ न पढेर काम ! ख विद्यार्थीले दुखेसो पाेखे । म बबुराे ट्वाल्ल परेर सुन्या सुन्यै। कक्षा छाडेर हिँडुँ, समय बाँकी । बिचैमा ग विद्यार्थीले भने -सर, याे अपशब्द बाेलेर जित्न खाेज्ने बहादुरले रैछ है राजनीति गर्ने ? सधैँ विराेध, गाली, अरूलाई हाेच्याएर आफू अग्लाे हुने रे ! याे कस्तो विवेकी विश्वास हाे । हामीले त्यै पत्याइदिने, हामी उस्तै कि यी भरौटे खराब ? मलाई असजिलो भइरहेको थियाे । कति मौन रहनु, आँट गरेर भनेँ- दाेषी हामी पनि हौँ , देश र जनताको नाम लिए भन्दैमा झुक्किइरहने ? सही कुराे नखाेज्ने दाेषी हामी नै हौँ । एक दुई पटक त हाेला भन्ने भाे पटकपटक पत्याउने ढाँटेकाे याेजना र प्रतिबद्धता ? खै हाम्रो विश्लेषण गर्ने क्षमता र इमान ? मलाई उछिनेर क विद्यार्थीले त्यै त सर कतै विकासे नामले लाभ लिने रहेछन् क्यारे ! आफ्ना भनिने नेताले जे बाेले त्यै ठिक, जे गरेँ त्यै राम्राे ? कसैले साँच्चै राम्रो गर्न खाेजे अड्बाङ्गे खड्बाङ्गे भाँझाे हाल्ने ? यी अन्ध भक्तहरूकाे बिगबिगी कहिलेसम्म सहने ? कि ढिलै भए पनि बिउँझने हाे ? यति सुनेपछि अलिकति साहस आयाे । हाे, साथीहरू ठिक भन्दै छाै । विद्यार्थी राजनीति पार्टीको निर्देशनमा चल्नु र पाँच वर्षमा एकपटक मासुभात वा सानाेतिनाे विकास बजेट पाएँ भन्दै आँखा चिम्लेर समर्थन र विरोध गर्नु दुबै गलत हुन् । याे सामान्य लाग्ने तर समग्र उन्नयनकाे हलाहल भन्ने बुझेर व्यवहार कुशल नबनाएसम्म हात लाग्ने यै काेलाहल हाे। नत्र कहाँ दिन्छन् र खाेला सङ्लिन धमिलोमा माछा मार्न पल्केका विलासीका आश्रित कार्यकर्ताले ?
कृष्णशरण उपाध्याय पौडेल चरी उदासी बचरा उदास छन् अनेक झुप्रा टहरा उदास छन्। उदास लाग्छन्…
शालिकराम सत्याल गाउँको सिरानमा रहेको बूढो बरको रूखमुनि बसेर हरि दाइ एकटकले बाटोतिर हेरिरहेका थिए।…