Categories: बाल कथा

बयरको रुख

मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी,भक्तपुर

आज पनि उसले एकचित्त भएर बयरको रूखलाई हेरिरह्यो । हेर्दा हेर्दै एकछिन पछि उसको आँखा रसाएर आए। आँशु पुछ्दै, बयरको रूखलाई अङ्गालोमा बेरेर केही बर्बरायो ।
झण्डै १०-१२ वर्षको त्यो बालकको केही दिनदेखिको ती क्रियाकलापहरू मेरा लागि अप्रत्यासित थिए । नजिकै गएर सोधेँ – “के भयो बाबु ? किन रोएको ?”
झँस्कदैं उसले हतपत आँशु पुछ्यो । “केही भएको छैन “ उसको बोलीमा रोदन छदैँ थियो ।
“भन न भन के भयो ?”
“बाले जहिले पनि रक्सी खाएर मलाई कुट्नु हुन्छ।” टाउको निहुराएर उसले जवाफ दियो । “अनि यो बयरको रुखसँग चाहिँ के कुरा गरेको ?”
“बाले कुटेर दुःख दिएको कुरा सुनाको।“
“अनि तिम्रा कुरा त्यो बयरको रूखले सुन्छ र ?”
“किन नसुन्नु नि, यी त मेरी आमा हुन नि !“ अलि उज्यालो अनुहार बनाउँदै उसले जवाफ दियो।
“धत लाटा ! बयर पनि आमा हुन्छिन् र ?”
मेरो प्रश्नमा उसको बालत्व उत्तर आयो- “हो नि मेरी आमा मरेपछि यहीँ गाडेको थियो रे, अहिले बयर भएर जन्मेकी छिन्।“

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

फूलको आगमन

सुमन कडरिया चितवन एउटा बिहान आमाले छोरीको अनुहारमा असजिलो भाव देखिन्। “के भयो नानी ?”…

4 hours ago

सहयोग

तारा एस. राई जुम, सोरेङ जिल्ला सिक्किम “तिमी किताबको कीरो हो ?” किताबहरू ताकमा राख्दै…

5 hours ago

मध्य वर्षा ऋतुको अवस्था

शोभा कोइराला गर्मी जाऊ अब त अति भो मेघमाला खुलाई खोलानाला जमिन हरिया ग्रीष्मले छ्न्…

5 hours ago

नाग पूजा

सावित्रा शिवाकोटी जिउँदा नागको संरक्षण गर्नु पर्यावरण संरक्षण गर्नु हो । तर जीउँदा नाग/सर्प पालेर…

1 day ago

“आकाशकी परी”

रमेशचन्द्र घिमिरे झिलिमिली इन्द्रेनीको रङ्ग जिउमा छरी हामीसँग खेल्न आऊ आकाशकी परी। हावासँग उड्दै मिठो…

1 day ago