Categories: बाल कथा

हैसियत

विष्णु भण्डारी आचार्य
बेलबारी माेरङ

दैलाे जाेडिएकाे छिमेकीकाे छाेराे र मेराे एकै दामलका, कुरा मिल्दाे हाे,बाेल्न खाेज्थे,
“आफ्नाे हैसियतकासँग सङ्गत गर् है छाेरा !”उनीहरु अर्ती दिदैगरेकाहुन्थे आफ्नाे छाेरालाई ।
मेराे छाेराे स्कुल जान साइकल निकाल्न थालेपछि हाम्राे घरतिरकाे झ्याल पनि खाेलेर हामीतिर हेर्दै ठूलठूलाे आवाजमा भन्थिन् शकुन्तला दिदी ।
बाबू स्कुल जानेबेला भयाे,गुरुजीले गाडी धुएकाे छ छैन ? याद गर ।
म भन्थेँ-“छाेरा आज खाजाकाे लागि पैसा छैन ,घरबाटै भुटेकाे भात लादा हुदैन ?”
याे सुनेपछि भन्थिन् ,” ए सागरका बुबा ,छाेरालाई खाजा खान एकहजार दिएर पठाउनु है ।”
पहिला उनीहरुकाे र हाम्राे आर्थिक हैसियतमा तलमाथि थिएन एकापसमा घनिष्टता थियाे ।
एकाएक उनले कमाउने तरीका जाने रातारात कमाए । गाडी पैसा जाेडे,घर अग्ल्याए ।
आफ्नाे चाहीँ हैसियत माथि उठ्न सकेन ।
छिमेकीकाे खिसीट्युरी सहदै पनि मन विचलित नपारी बस्याैँ हामी ।
आफ्नाे श्रीमान्ले पाएकाे साहित्यिक सम्मान पनि उनीहरुकाे खिसि ट्युरी गर्ने विषयबस्तु बन्थ्याे ।
एकदिन देखेँ सकुन्तलाकाे घरमा निकै मानिसकाे आवतजावत ,साथमा पुलिस पनि देखिन्थे । के हाे ,त्यति चासाे गरिएन । ठूलामान्छेकामा पार्टिसार्टि चल्या हाेला ।
धेरैजसाे समय यसरी नै जमघट हुनेगरेकाे देखेकीले गर्दा अनुमान लगाएँ ।
छिमेकमा निकै चहलपहल थियाे त , के कार्यक्रम रहेछ प्रणयका बुवा ।”
“हँ तँलाई केकाे चासाे हाै फेरि, थाहा पाइस् नि बुढाले कमाउन सकेन,जानेन,साहित्यिक कार्यक्रममा गएर त्यही एउटा सम्मानपत्रकाे फ्रेम बाेकेर आउछ भन्थिस् नि ।
“कमाउन जानेका हाम्रा छिमेकीलाई अख्तियारले पक्रेर लग्याे त ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

फूलको आगमन

सुमन कडरिया चितवन एउटा बिहान आमाले छोरीको अनुहारमा असजिलो भाव देखिन्। “के भयो नानी ?”…

3 hours ago

सहयोग

तारा एस. राई जुम, सोरेङ जिल्ला सिक्किम “तिमी किताबको कीरो हो ?” किताबहरू ताकमा राख्दै…

4 hours ago

मध्य वर्षा ऋतुको अवस्था

शोभा कोइराला गर्मी जाऊ अब त अति भो मेघमाला खुलाई खोलानाला जमिन हरिया ग्रीष्मले छ्न्…

4 hours ago

नाग पूजा

सावित्रा शिवाकोटी जिउँदा नागको संरक्षण गर्नु पर्यावरण संरक्षण गर्नु हो । तर जीउँदा नाग/सर्प पालेर…

1 day ago

“आकाशकी परी”

रमेशचन्द्र घिमिरे झिलिमिली इन्द्रेनीको रङ्ग जिउमा छरी हामीसँग खेल्न आऊ आकाशकी परी। हावासँग उड्दै मिठो…

1 day ago