शालिकराम सत्याल
आकाशबाट पानी झर्छ
हरियाली चारैतिर छर्छ
खेत बारी सबै हरिया हुन्छन्
गाउँमा नयाँ जीवन भर्छ।
बालबालिका हिलोमा खेल्छन्
दिदीबहिनी गीत गाउँछन्
किसान खेतमा मेहनत गर्छन्
सबैको मुखमा मुस्कान हुन्छ।
बादल पानी झरनाको धुन
प्रकृतिकै अनुपम उपहार हो
बर्खा मासमा गाउँको सुन्दरता
स्वर्गभन्दा कम हुँदैन।
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…