एल•बी• बस्नेत
जोरथाङ्ग, द• सिक्किम
एकादेशमा एकजना क्रूर अनि अत्यचारी राजा बस्थे। प्रजाहरु बिना कसूर नै दण्डित हुन्थे। रात-दिन डर र संत्रासको भुँवरीमा प्रजाहरुको जीवन बित्थ्यो। राजाको एउटै छोरो थियो, जो सुन्दर हुनको साथै दयालु र ज्ञानी थियो। राजकुमारलाई हत्या, पाप, दुराचार केही मन पर्दैनथ्यो। आफ्ना पिताले प्रजा विरुद्ध राजसभामा घोषित गरेका दण्ड सुनेर विरोध जनाउँथ्यो। जंगलबाट शिकार मारी ल्याएको देखे रुँदै पितासंग झगड़ा गर्थ्यो।
एकदिन राजकुमार केही भारादारहरुसँग महल छेउको बगैँचामा डुलिरहेको थियो। एउटा आँपको रुखको फेदमा सैकड़ौँ कमिलाले आँखा पनि नखोलिएको चराको बच्चालाई शरीरैभरि टोकिरहेको, लुछातानी गरिरहेको देख्यो।
“ए कमिला हो ! तिमीहरुको आहार खोसाउन मन छैन। तर यो अबोध छ, लाचार छ। चाहेर पनि भाग्न-उड्न सक्दैन। यसको आमाले यसलाई माथि गुँड़मा खोज्दै छ। यसैलाई खाएर तिमीहरु अघाउनुपर्छ भन्ने छैन। यसलाई छोड़िदेऊ। तिमीहरुलाई त चिनी, मिठाई मनपर्छ होइन ?” भनी एकजना भारादारलाई महलमा गई एक बटुको चिनी र केही मिठाई लिएर आऊ भनी पठायो। राजकुमारले त्यो असहाय चराको बच्चालाई उठायो अनि त्यसको शरीरभरि सल्मलाई रहेको कमिला झार्यो। क्षणभरमै महलबाट आईपुगेको चिनी र मिठाई भूँईभरि छरेर राजकुमार घाइते चराको बच्चा बोकी महलतिर लाग्यो।
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…