लीला केसी
बर्षे झरी परेर
स्कुल जान गाह्राे भाे
ज्यानको माया भन्दा नि
ज्ञानकाे माया साह्रो भाे।
बाटाे उस्तै हिलाे छ
डाेजरले खनेको
खोइ त हाम्रो गाउँमा
राम्रो बाटाे बनेकाे?
बर्षादिले छेक्दैन
न त छेक्छ छाताले
के काे ओत दिन्थ्थाे झन्
कर्कलाकाे पातले।
धाउनु पर्छ रातदिन
उकाली र ओराली
मर्म सधैँ उस्तै छन्
भिज्छन् हाम्रा परेली।
बर्ष याममा हिल्यामे
हिउँदभरी धुलाे छ
पढ्न पाऊँ ढुक्कले
यही धाेकाे ठुलो छ।
पाेषाक पनि मैलियाे
फाेहाेरमा लडेर
स्कुल जाने रहर छ
सरर बस चढेर ।
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…