Categories: कविता

“बस्नू सबैको मनभित्र नानी”

शान्ति सिग्देल

वसन्तको सुन्दर याम जस्तै
हेमन्तको हार्दिक घाम जस्तै
बुबा र आमा गुरु मन्त्र मानी
बस्नू सबैको मनभित्र नानी।

घमण्ड केही मनमा नपाल्नू
सद्भावको सागर तर्न थाल्नू
उर्जा दिने नन्दनझैँ बिहानी
बस्नू सबैको मनभित्र नानी।

बानी सधैँ अक्षरमा लगाई
र देशको उन्नत गीत गाई
पढ्नू र लेख्नू घर काम धानी
बस्नू सबैको मनभित्र नानी।

सर्वोच्च अग्लो हिमशैल टेकी
कथा तथा गीत र काव्य लेखी
समुद्र जस्तै अति शान्त ज्ञानी
बस्नू सबैको मनभित्र नानी।

किताबको द्वार सबै उघारी
अज्ञानताको लहरो लघारी
तिर्खा हटाएर पिएर पानी
बस्नू सबैको मनभित्र नानी।

सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 hour ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 hour ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

1 day ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

1 day ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago