Categories: बाल कथा

गायीँगुईँ

खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही

सुन्तली आफ्नो खुट्टामा बलियो संग उभिएर मात्रै बाबुआमाले रोजेको केटा सँग बिहे गर्न चाहन्थी। स्नातक उत्तीर्ण गरेपछि उसले घरमै गणितको ट्युसन पढाएर पैसा कमाएर घर धान्नुका साथै बाँकी समयमा लोक सेवा आगोगको शाखा अधिकृत परीक्षाको तयारीमा सारा समय खर्च गरेकि थिई। घरमा बिहेको कुराले बाबु आमाले उसलाई हैरान पारेका थिए।
जसको कारणले राम्रोसँग लोक सेवा तयारीमा बाधा पुगेको थियो ।
यता जीवन पढाइ सकेपछि पनि जागिर खाएन भनेर उसलाई घर परिवारले टोकसी रहेका थिए। दुबैजना एकैदिन घरमा कुनै जानकारी नदिइ लोक सेवाको तयारीका लागि काठमाडौं तिर लागे। कडा परिश्रम गरेर सफलता हात पारेपछि मात्रै गाउँ फर्कने दुबैले अठोट गरेका थिए। त्यसैले आफ्नो मोबाइल पनि अफ गरेर छुट्टाछुट्टै ठाउँमा पढ्नमा व्यस्त भएका थिए।
यसैबीच जीवनले लगेको पैसा सकिन लागेकाले घरमा पैसा माग्नको लागि आइरहेको थियो । आफ्नो गाउँ नजिकैको बाटोमा सिरान घरे माइलो भेटिना साथ पहिलो प्रश्न गर्यो “के छ गाउँको हालखबर ?”
उसले बतायो ” यहाँ त निकै गायीँगुईँ छ नि।” जीवनले अचम्म मान्दै सोध्यो ” के को गायीँगुईँ छ हँ ?”
उसले हाँस्दै भन्यो ” तिमीले सुन्तलीलाई भगाएर कतै मन्दिरमा बिहे गरेर शहमा लुकाएर राखेका छौ भन्ने । तिमीले मलाई भनेको भए मैले तिम्रा बालाई सम्झाएर मान्ने गराउँथें। कसैले बिहे भोज खान पाएनौँ । अनि साथमा देखिन नि सुन्तली !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

4 minutes ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

14 minutes ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

34 minutes ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

1 day ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

1 day ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago