Categories: शिक्षा

बहसका लागि मात्र

 

बिरही

१, स्कुलमा पुस्तकअनुसार होइन, पाठ्यक्रम अनुसार पढाउने गरौँ।
२. विद्यार्थीले पढ्ने पुस्तकलाई कक्षाकोठामा लाइब्रेरी बनाई सन्दर्भ सामाग्रीका रुपमा राखौँ।
३. पाठ्य पुस्तक पट्यारलाग्दो हुन्छ । विद्यार्थीलाई एउटै पुस्तक पढ्न मन लाग्दैन । पाठ्यक्रमसंग मिल्ने पर्याप्त पुस्तक तथा अन्य विभिन्न स्रोत सामाग्रीहरु कक्षाकोठा भित्रै व्यवस्था गरौँ।
४. विद्यार्थीले झोला बोक्ने अवस्थाको अन्त्य गरौँ । अति आवश्यक पुस्तक र स्रोत सामाग्री मात्र घर लैजाने वातावरण निर्माण गरौँ।
५. पुस्तकबाट सार्ने, घोक्ने जस्ता गृहकार्य पूर्ण रुपमा निषेध गरौँ । अनुसन्धानात्मक/अन्वेशणात्मक प्रकृतिका विषयवस्तु मात्र गृहकार्यका रुपमा दिने गरौँ।
६. विध्यार्थीसंग पाठ्यपुस्तक होइन, पाठ्यक्रम अन्तर्गत रहेर छलफल, अन्तरक्रिया गरौँ, सोही अनुसार खोज गरौँ ।
७. स्कुलमा धेरै विषय नराखौँ । भाषा, गणित, विज्ञान र सामाजिक अध्ययन मात्र भए पुग्छ।
८. पैतालीस मिनेटको पिरिय़ड (घन्टी) प्रभावकारी सिकाइका लागि अपर्याप्त हुन्छ । दिनमा प्रत्येक विषयलाई कम्तीमा एक वा डेढ घण्टाको दरले तीन विषय मात्र राखौँ।
९. शिक्षकलाई पाठ योजना, शिक्षण सामाग्री निर्माण र निरन्तर मूल्यांकन प्रक्रियाका लागि पर्याप्त समय मिलाऔँ । एउटा शिक्षकलाई दैनिक कम्तीमा दुई घण्टा खाली समय उपलब्ध गराऔँ।

सारथि बाल पत्रिका

Recent Posts

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

10 hours ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

10 hours ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

10 hours ago

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

1 day ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

1 day ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

2 days ago