Categories: बाल कथा

“बहाना”

गम बयम्बु मगर
निस्दी गाउँपालिका-६ अर्चले, पाल्पा

स्कुलको बिहानी प्रार्थना सकिएको थियो। शिक्षकहरू कक्षा लिन गईसकेका थिए। कार्यालयमा प्रअ मात्र थिए। भरतदत्त टुपलुक्क झुल्किए।


“नमस्कार सर ! माफ गर्नू होला, म अलिकति ढिला भएँ।” प्रअ सामू औपचारिकता निभाए।
“भरत सर, तपाईले अब म संग माफी नमाग्नुस्। अर्को पटक ढिला नगर्ने कबुल कति पटक गर्नू भयो ? विद्यार्थीहरूको भविष्य माथि यसरी खेलवाड नगर्नुस्।” घडी हेर्दै प्रअले थोरै चर्को आवाज बोले।
भरतदत्तले जमानामा पावरवालाको भनसुन गरि दरबन्दी कोटामा नियुक्ती पाएका थिए। पछि स्वत: स्थायी हुने मौका मिल्यो। स्वभाव कौवाको,काम गराईको गति कछुवाको र उ कुम्भकर्णकै मीत थिए।
शिक्षक एउटा मैनबत्ती हो। जो आफू जलेर अरुलाई उज्यालो दिन तत्पर हुनुपर्छ। एक असल शिक्षकले हजारौं जना असल विद्यार्थी हरू तयार गर्ने क्षमता राख्दछ। तर भरतदत्तहरूमा त्यो आश गर्नू मूर्खता सावित हुन्थ्यो।
“हेडसर, हजुर संग एउटा बिन्ती गर्छु आज।” दिउँसो दुई बजे पछि प्रअको टेबल अगाडि दुईटा हात जोडेर उभिन पुगे।
“के होला भरत सर ? के गर्नु पर्यो भन्नोस् न।” नम्र भएर बुझ्न चाहे।
“म हरेक काममा जहिल्यै ढिला, जहिल्यै पछाडि भएँ। अरु भन्दा अगाडि कहिल्यै हुन सकिनँ। मलाई पनि अरु भन्दा अगाडि भएर देखाउन मन छ हेडसर।” अचम्मका कुरा गर्दै थिए।
“कुरो के हो सीधा भन्नोस् न। तपाईको घुमाउरो कुरा बुझिनँ। स्पस्ट हुन चाहे।
ओंठले पच्चीस शब्द उच्चारण गर्दाको संकेत दिँदै भने-
“आज अलिक टाढै जानू पर्ने काम छ। मलाई तीन बजे नै छुट्टी दिनुस् हेडसर !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

15 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

16 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago