घनश्याम रेग्मी
भाषा धनी बनायौ रम्घा झरेर भानु
नेपालको चिनारी पक्का गरेर भानु ।
टुक्रा थिए हिमाली आदर्श बिर्सिएका
जोडेर एकताको माला भरेर भानु ।
भाषा बिगार्न तम्से छन् भ्रष्ट देश घाती
भाटा लिएर आऊ आँखा तरेर भानु ।
खाने खुवाउने त्यो चाला खराब भन्थे
अर्वौँ घिचेर बस्छन् नाता चरेर भानु ।
फर्छ्यौट गर्न बाँकी राख्नै हुँदैन भन्थे
झोला अहो भरेका मान्छे मरेर, भानु ।
अन्याय आज बढ्दै नाङ्गो छ लाजतन्त्र
सत्ता यहाँ मिलेको पर्दा छरेर भानु ।
आश्चर्य लाग्न थाल्यो आदेश दिन्छ कोही
नेपाल गर्न रक्षा आऊ सरेर भानु ।
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…