Categories: कविता

“बाढी”


बिन्दु पौड्याल वस्ती

स्वा स्वा गरी सुसायो
भाइ सुनेर डरायो
बाहिर वर्षा बर्सियो
भित्र भाइ तर्सियो।

आमा बाबा उठेर
दायॅाबायॅा हेरेर
भिज्ने कुरा उठाउॅदै
भित्र ओत लगाउॅदै।

बत्ती पनि गयो
झन गाह्रो भयो
नदी खोला सुसाए
खेत बारी बगाए।

ठूलो बाढी आउने भो
अब कता सर्ने हो ?
केटाकेटी जोगाइला
वस्तुभाउको बिचल्ली।

खतराको सङ्केत
साइरनले दियो त
सामान पोको पार
पल्लो गाउॅमा सार।

बस्नुहुन्न रुंगेर
लान्छ फेरि सोरेर
सचेत सबै बनौँ
बाढीबाट बचौँ।

भन्नुभयो आमाले
खालठ्टा नगर्न
जान्छ फेरि ज्यान
भनेको सबले मान।

सारथि बाल पत्रिका

Recent Posts

“असार”

देव भट्टराई आयो असार महिना खुश छन् किसान। फर्केर आउँछ भनी सुखको बिहान॥ बेकार राख्छ…

5 hours ago

परिवर्तनको सुरुवात

इन्दु उपाध्याय हेलेम- मिसामारी, आसाम विद्यालयको घण्टी बज्नासाथ कक्षा नौका विद्यार्थीहरू आ-आफ्नो स्थानमा बसे। केही…

5 hours ago

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

1 day ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

1 day ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

2 days ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

2 days ago