Categories: बाल कथा

गुलाफ र काँडा


प्राडा प्राज्ञ खेमराज खनाल
पिण्डेश्वर क्याम्पस, धरान-१४, सुनसरी

गुलाफले भनी, “तिम्ले गर्दा मेरो सुन्दरता खस्केको छ।”
काँडाले भन्यो, “होला होला, झन् मैले तिम्रो सुरक्षा पो गरेको छु त।”
गुलाफ, “कसरी नि ?”
काँडा, “जसतसले तिम्लाई निमोठ्न खोज्दा म घोचिदिन्छु । मेरो घेरा ननाँघी किरामिरा तिम्रा सामु पुग्नै सक्तैनन्।”
गुलाफ, “तर मान्छे त तिम्लाई मेरो दोषका रूपमा लिन्छन् नि ?”
काँडा, “त्यो उनेर्को स्वार्थ हो । सजिलै निमोठ्न नपाएको पीडाको बोली हो।”
काँडाले अझ अगाडि भन्यो, “मान्छे पनि त हिरामोती जस्ता बहुमूल्य रत्नहरू तरबारले घेरेर राख्छन् । बहुमूल्य सम्पदालाई काँडेतारले बेरेर राख्छन् । तिमी त मेरो शिरताज हौ।”
गुलाफ, “धन्यवाद काँडा, मैले तिम्रो मुटु देखेकै रहिनछु । तिमी नै मेरो सच्चा प्रेमी रहेछौ।”
गुलाफबाट दुई थोपा खुसीका आँसु खसे । काँडालाई म्वाइ खाँदै जरामा बसे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

14 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

14 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

14 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago