Categories: कविता

“बादल”


कृष्णशरण उपाध्याय पौडेल

आकाश मा बादल छाउँदै छ
गर्जेर चीसो जल ल्याउँदै छ
बुटाबुटी साथ चरा खुशी छन्
जरा खुशी छन् लहरा खुशी छन्।

कालोनिलो बादल आउँदै छ
हाँसो खुशी को पल ल्याउँदै छ
त्यो सङ्ग मीठो जल हुन्छ जान्नू
संसार को मङ्गल हुन्छ जान्नू।

पानी विना भूतल पट्पटिन्छ
पानी विना जीवन छट्पटिन्छ
त्यो ल्याउने बादल नै त हो नि
घन्काउने मादल नै त हो नि।

समुद्र द्वारा जल लिन्छ तानी
बनेर नै बादल दिन्छ पानी
भएर सानो लिन जान्नुपर्छ
लिएर केही दिन जान्नुपर्छ।

संसार को धारक बादलै हो
सुशान्ति को कारक बादलै हो
यहाँ वहाँ जीव – जगत् सबै को
आनन्द – सञ्चारक बादलै हो।

हेर्दैन त्यो बादल जात – भात
गर्दैन कैल्यै पनि पक्षपात
बर्षाउने गर्दछ शुद्ध पानी
हर्षाउने गर्दछ जिन्दगानी।

परोपकारी पनि बादलै हो
लोकोपकारी पनि बादलै हो
पार्यो भने भीषण वज्र- वर्षा
संहारकारी पनि बादलै हो।

देख्यो भने बादल विश्व हाँस्छ
वसुन्धरा – पुत्र किसान नाच्छ
खन्दै र जोत्दै अनि बीज छर्दै
यो जिन्दगी को पनि पत्र गाँस्छ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

59 minutes ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 hour ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 day ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 day ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 day ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago