सुमन कडरिया,
चितवन
“बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?”
गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले रोक्यो।
“किन यस्तो सोध्यौ बाबु ?”- उनले झस्किएझैँ गरेर सोधे ।
छोराले आज विद्यालयमा भएको घटना सुनायो, “सरले कक्षामा ‘झुटो बोल्नु हुँदैन’ भनेर पढाउनुभयो। तर उहाँले नै हेडसरसँग झुटो बोल्नुभयो।”
“के भन्नुभयो र ?”
“आज कक्षामा सबै विद्यार्थी उपस्थित थिए भन्नुभयो। तर दुईजना साथी त विद्यालय आएकै थिएनन्।”
बाबाले सहज हुँदै भने, “सायद हेडसरको गालीबाट बच्नलाई होला।”
छोरा केही बेर चुप लाग्यो। अनि अचानक सोध्यो, “बाबा, हिजो तपाईँले पनि फोनमा ‘म बजारमा छु’ भन्नुभएको होइन र ? तपाईँ त घरमै हुनुहुन्थ्यो।”
बाबाको कलम रोकियो।
केही बेरको मौनतापछि उनले भने, “परिस्थिति त्यस्तै थियो बाबु !”
उसले बाबाको अनुहारमा पुलुक्क हेर्यो र सोध्यो – “अनि ठूला मान्छेले चैँ झुटो बोल्नु हुन्छ ?”
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…