उषा बस्ताकोटी खनाल
जूनमामा आफ्नै घर फर्की आउँछन्
तारा पनि आफ्नै घर झल्मलाउँछन्
दशैँ आयो बाबा फर्की घर आऊ न
मिठाइँ र नयाँ नाना लिई आऊ न।
हिमालले टोपी लाई सुनचाँदीको
जून घाम छुन्छु भन्छन् आफूमाथिको
बादलुले पनि हेर छुट्टी लिएर
डाँडा पारि आफ्नै घर फर्की गएछ।
धान फल्ने गरालाई पानी दिएर
बादलुको राजासँग छुट्टी लिएर
बर्खा दिदी पनि आफ्नै घर गइछन्
झरी पनि उनैसित पछि लाइछन्।
कोइलीको पनि बाबा घर आए कि
को हो को हो यता भनी सोध्नै छाड्यो नि
आऊ आऊ घर भनी रुनै छाड्यो नि
न्याउलीको पनि बाबा घर आए कि।
पुतलीले फुलबुट्टे चोली लाएर
आफूजस्तै फूलमाथि बस्न पाएर
म भन्दा ऊ उज्याली र खुसी देखिन्छे
तिमी आए ऊभन्दा मैँ खुसी देखिन्थेँ।
घुम्दैफिर्दै शरद् फेरि फर्की आएछ
घाम पनि जूनजस्तै प्यारो भएछ
झोला भरी खुसियाली लिई आऊ न
दशैँ आयो बाबा घर फर्की आऊ न।
मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…
बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…
बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…
आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…