Categories: कविता

“शरद्को सुन्दरता”


मोहन प्र घिमिरे
शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर

आयौ शरद् घरैमा आनन्दको छ बेला
मीठो समीर बग्ने, छन् बाग नै पहेँला
जाडो न साथ तिम्रो, तातो न खप्न गाह्रो
सामान्यमा धरामा झार्दैन मेघ धारो।

चिन्थेँ सुँघेर बास्ना आयौ तिमी भनेर
तिम्रै गरी प्रतीक्षा बस्थेँ दिवा गनेर
आए तिमी सबैका टुप्लुक्क आँगनीमा
देखिन्छ दिव्य आभा आकास, चाँदनीमा।

ल्याएर साथ तिम्रो उल्लास, चाडबाड
बज्ने छ शङ्ख घण्टा आस्था बनी प्रगाढ
चम्किन्छ दीप, बास्ना फैलिन्छ धूप बाली
सत्कार गर्न तिम्रो सद्भावना सँगाली।

छ्यौ शान्त सौम्य साँच्चै उद्दण्डता विनाकी
हेरेर मुग्ध मान्छे तिम्रो सुरम्य झाँकी
शोभा अखण्ड तिम्रो हेरेर चन्द्र सूर्य
ईर्ष्या गरेर झर्लान् बन्दै निकै अधैर्य।

फुल्छन् यहाँ हजारी, गोदावरी र जाई
हर्षेर यी धराले आतिथ्य गर्न लाई
विर्सेर सौम्यताको आफ्नै अमूल्य गाथा
तड्पाउँछ्यौ कदाचित् ल्याएर विघ्न वाधा।

झन् बेस मान्न सक्थ्यौँ बाढी बनी नआए
उर्लेर खेत बस्ती बाटो कुनै नखाए
बाटो कुरेर बस्ने तिम्रै सबै हितैषी
सत्कार गर्न पाए तिम्रो कतै नतर्सी।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“बाबा घर फर्की आऊ न”

उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…

3 hours ago

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशाला

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…

4 hours ago

शत्रु

बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…

1 day ago

“गुण”

ह्रदय लेकाली बोल्दैन लाटो जब बोल्न थाल्छ ढुङ्गा र माटो पनि बोल्छ थाल्छ त्यो जून…

1 day ago

“विद्यार्थीहरूप्रति”

आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…

1 day ago

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

2 days ago