Categories: बाल कथा

बालउत्सुकता


होम सुवेदी

“इस्कुलमा राम्रो पढ्नू है । फटाइँ नगर्नू नि !” स्कूल जान लागेको कर्णलाई सम्झाउँदै हजुरआमाले भनिन् । उनका काखमा बसेकी नातिनी भने यो सबै सुनिरहेकी थिई । अनि हजुर आमालाई केके सोधेर बालिकाले दिकदार लगाउन थाली । सकेसम्मा उत्तर दिइरहिन् ।
“इस्कुल भनेको के हो आमा ?””पढ्ने ठाउँ । पढ्ने घर ।”
“पद्ने भनेको के हो आमा ?””कक खख गग हो नि ।””कक खख गग किन पद्नु ?””ठुलो हुन पढ्नु”
“थुलो भनेको के हो आमा ?””ठुलो भनेको राम्रो हुनु हो .,,,”लाम्लो भनेको के हो आमा ?”अब हजुरआमालाई दिकदार लागिसकेको थियो । काखबाट पर सारेर हकारेझैँ गरेर भनिन् “नकरा मलाई दिक्क नलगा ।”
बालिका झन् झुम्मिदै हजुरआमाको काखमा आएर बस्न खोजी अनि हजुरआमाका गालामा चुप्पा खाँदै भनी- “आमा नलिसाउनु ल । म अब दिक्क लाउँदिनँ ल । ल आमा ?”हजुर आमाको मुटु भरिएर आयो, मन थाम्नै सकिनन् । आँखाबाट आँसु चुहिए । बालिकाले आँसु पुछिदिई । हजुरआमाले हिक्क गरिन् । कसै गरी रुवाइ थामिन् र बालिकालाई अँगालोमा हालेर बेरिन् ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

3 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

3 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

1 day ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

1 day ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago