
शान्ति भण्डारी दाहाल
बुद्धनगर काठमाण्डौँ
ऋतु र वर्षा दिदी भाइ थिए । ऋतुले भाइ वर्षालाई धेरै मायाँ गर्थिन । भाइ सानै उमेरमा दिदीसँगै स्कुल जान्थ्यो। सधैँ जसो बर्खे बिदामा भाइलाई हेर्ने र आमासँगै घरको काम सघाउँ थिइन्। यसपालि पनि बिदा भयो र उनी धेरै खुशी थिइन् । असार महिना सुरु भएसँगै रोपाईं पनि सुरुभएको छ। ऋतुलाई आमाले भन्नुभयो “नानी भोलि त हाम्रो रोपाईँ गर्ने पालो छ। बाबा र म खेतमा धान रोप्न जान्छौँ। मैले नास्ता पकाएर राखेकी छु। दिदी भाइ मिलेर खानु र भाइ सुतेको बेलामा हामीलाई पनि दिउँसोको नास्ता ल्याएर आउनु” भनेर खेतालासँग आमा गईन। ऋतुले घरको काम सकेर भाइलाई नास्ता खान दिईन र भनिन् “भाइ तिमी यहाँ सानो बाख्राको पाठोसँग खेलेर बस्नु म एकै छिन बाबा आमालाई नास्ता पुर्याएर आईहाल्छु” भनेर खेततिर लागिन। त्यसै बेला खेल्ने रहर पुरा गर्न वर्षा र साथी हरि जङ्गलको छेउमा गएर खेल्न थालेछन्। बर्खाको समय चारैतिर हरियाली वनजङ्गल थियो नदीनाला उर्लेका थिए। दुई जना आनन्दले खेलिरहेका थिए। उता ऋतु बाउआमालाई नास्ता पुर्याएर घर फर्किँदा भाइलाई घरमा देखिनन् । आत्तिएर यताउति तलमाथि भाइलाई खोजिन तर कतै पनि भेटिनन् र बाउआमालाई गएर भनिन्। त्यो सुनेर बाउआमा पनि आत्तिए किनकि साझ परिसकेको थियो। उता जङ्गलमा खेल्न गएका ती दुई जनाले बाटो बिर्सेर आत्तिएर रुन कराउन थालेछन् । त्यो घना जङ्गलको बीचमा बाघ भालु स्याल कराएको आवाज आउन थाल्यो र पानी पनि पर्न थाल्यो। यतिकैमा अलिकति पर एउटा बाटो रहेछ। त्यो बाटोबाट रोपाईँमा गएका किसान हली र रोपारहरु गफ गर्दै आउँदै हरेछन। त्यसैबेला बर्षा र हरि रोएको सुनेर एक जना किसाले “लौन ! यो जंगलमा बच्चा रोएको आवाज आयो त्यहाँ गैहालौँ” भन्दै दौडेर त्यहाँ पुगेछन् । ती महान् किसानहरुले ती दुई जना हराएका बालकलाई घरमा ल्याएर बाउआमाको जिम्मा लगाएछन । जंगलमा हराएका बालकहरुलाई भेट्टाएर ल्याइदेकोमा वर्षा र हरिका बाउआमाले रोपाइँ गरेर फर्केका सबै किसानहरुलाई धन्यवाद दिँदै दुबै जना बालकलाई सम्झाउँदै भनेछन, “हेर नानी बाबु हो, ती मान्छेहरु खेतमा रोपाईं सकेर त्यो बाटो नआएको भए के हुन्थ्यो होला । त्यहाँ भएका बाघ भालु स्यालहरुले तिमी दुई जनालाई खान्थे होला हैन त ?
त्यसैले आफू भन्दा ठूलो मान्छेले भनेको कुरा कहिल्यै पनि भुल्नु हुँदैन बुझ्यौ त।





