पुण्यप्रसाद घिमिरे
बैत्यश्वर ६, दोलखा
आमा पालक, बाबा चालक,
फूल कोपिला, हामी बालक।
बढ्न सिक्दछौँ, चढ्न सिक्दछौँ,
क ख अआ इ, पढ्न सिक्दछौँ।
ताते छोडेर, अड्न सिक्दछौँ,
शुभ पाइला, बढ्न सिक्दछौँ।
आमा पालक, बाबा चालक,
फूल कोपिला, हामी बालक।
घर स्कुल, ज्ञान सिक्नुछ
पढी परेर, बुद्धि झिक्नुछ।
आज सिकेर, भोलि बिक्नुछ,
हामी भविष्य, युग टिक्नुछ।
आमा पालक, बाबा चालक,
फूल कोपिला, हामी बालक।
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…