मनोहर पोखरेल
राजविराज-६ सप्तरी हाल :विराटनगर-११
घरमा ठूलोबडो मानिस थिएनन् । विद्यालयको परीक्षा सकेर घर आएका तीन दिदीबहिनी औधी खुशी थिए । “परीक्षा जस्तोसुकै भएपनि सकिएको खुशी बेग्लै हुन्छ है ।” केही दिन पुस्तक छुनु नपर्ने र सवेरै उठनु नपर्ने खुशी जाहेर गर्दै थिइन् आयुष्का।
“हुन त हो, तर परीक्षाको परिणाम आएको दिन बुबाआमा खुशी हुनुपर्छ नि ।” अर्चना ठूली भएर टोपलिन् । परीक्षा सकिएकाले उनीहरु रमाई रमाई खेलिरहेका थिए । घरी टिभी खोलेर हेर्थे, घरी गीत गाएर नाच्थे । कुनै बेला मोबाइलमा गेम खेल्थे । बहिनीहरुले भोक लाग्यो भने पछि अर्चना भान्सामा पसिन् । आयुष्का र अस्मिताले कोठाको दराज खोले । अलबम निकालेर तानातान गर्दै हेर्न थाले।
“हेर त ठूली दिदीको जन्मदिनको तस्बिर ।” अस्मिताले अर्चनाको तस्बिर देखाउँदै थिइन्।
“हो त नि, कति धेरै उपहारहरुको बीचमा दिदी, अनी सजावट पनि कति राम्रो ।” आयुष्काले थपिन् । “यी हेर, दिदी जन्मदाको तस्बिर, बामे सर्दाको, उभिन खोज्दाको, हिंडेको तस्बिर।”
फेरि आयुष्काले थपिन –“यहाँ पछिल्तिर हेर न । नुहाएको, खेलेको, खाएको, हाँसेको, विद्यालय गएको तस्बिर पनि छन् ।” चटपटे बनाउँदै गरेकी अर्चना बहिनीहरुको कुराले मख्ख परेकी थिइन्।
वास्तवमा पहिलो सन्तान अर्चनाको अनेक भाव भंगिमाको तस्बिर थियो अलबममा । त्यो देखेर निन्याउरो अनुहार लगाउँदै अस्मिताले भनिन्–“हाम्रो त कति थोरै, अझ मेरो त झनै कम छ ।”
त्यसपछि माहिली आयुष्काले भनिन् –“दिदी जेठी हो नि त !”
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…