सुरेशकुमार पाण्डे
दाङ घोराही १८

“मम्मी एकैछिन् फोन देखाउँनु न!”- निखिलले आमाको फोन माग्यो। ” किन चाहियो तिमीलाई फोन ?”- सम्झनाले सोधिन्। ” गेम खेल्दिन क्या आमा दिनुन प्लिज।”- निखिलले बिन्ति गर्दै भन्यो। ” परीक्षा नजिकै आएको छ बाबु तिमीले बसेर पढाइ गर। म मोबाइल दिँदैदिन्न । “- सम्झनाले छोरालाई भनिन्। पाँच क्लासमा पढ्ने दश वर्षिय निखिल जिद्दी स्वाभावको थियो। “एकछिन दिनुन म साथीलाई फोन गर्छु क्या काम छ।”-उसले टेबुलमा राखेको फोन लिएर बाहिर निस्कियो। “निखिल यता आउ !”-बाहिर दुईटा केटाहरू उभिएका थिए। एकछिन पछि निखिल घर भित्र गयो र मोबाइल टेबुलमा राख्यो अनि पढ्न थाल्यो। एकछिन पछि केही व्यक्ति घरमा आएर डोरवेल बजाए। त्यही वेला मोबाइलको घन्टी पनि बज्यो। “हेलो ” हामी हजुरकै घरका बाहिर छौँ ढोका खोल्नुहोस्।” सम्झनाले फटाफट बाहिरको ढोका खोलिन् दुईजना प्रहरी उभिएका थिए। “यो मोबाइल हजुरको हो?” प्रहरी मध्य एकजनाले सोध्यो। “जी हो !” सम्झनाले सटिकमा भनिन्। “हजुरको श्रीमान कहाँ हुनुहुन्छ ?”-प्रहरिले सोध्यो। “उँहा त विदेशमा हुनुहुन्छ किन केभयो ?”- सम्झनाले सोधी। “यो नम्बरबाट एकजना केटीलाई अश्लिल फोटा पठाइएको छ।”-प्रहरीले भन्यो। “के यो फोन अरू कसैले पनि चलाउँ छ ?”-महिला प्रहरीले सोधी। “अहिले बाबु निखिलले चालाएको थियो।”- सम्झनाले जानकारी गराई। “बाबु यो फोनबाट फोटा पठाएका हौ तिमीले कसैलाई?”-प्रहरिले सोध्यो। “होइन अंकल। “मैडम हजुरलाई हामीसँग प्रहरी कार्यलयमा जानैपर्छ।”-प्रहरीले अलि चर्को स्वरमा भन्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

5 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

5 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

6 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago