Categories: कविता

“बालदिवस”


तेजप्रकाश श्रेष्ठ

मेरो किताब खै ?
मेरो कापी कलम खै ?
मेरो स्कुल ब्याग खै ?
मेरो स्कुल खै ?
मेरो नाना र खाना खै ?
मेरो घर खै ? मेरा आमाबा खै ?
खै ? खै ? खै ??

चिच्याउॅदै छन् बालबालिका
अस्तव्यस्त छ परिवेश
म किम्कर्तव्यविमुख
भोटेकोसीको बाढी हेरिरहेछु
क्षतविक्षत गाउॅबस्ती देखिरहेछु
म आफै क्षतविक्षत बनिरहेछु ।

म कसरी मनाऊ
बालदिवस ?
बालबालिकाको चिच्याहटमा
कहॅा खोजॅू म
खिल्खिलाहट ?

उद्धार, राहत र पुनर्वास
खोजिरहेछन् बालबालिका !
आँशुमा बॅाच्न विवश छन्
बालबालिका !

गॅास, वास, कपास
बेलैमा जुटाउन लागिपर्न
अपरिहार्य भएको बेला
म कसरी मनाउॅ बालदिवस्?

तैपनि
शुभकामना छ बालदिवस !
आएका छौँ
प्रत्यक वर्ष आए झै
बालबालिकाको
सुन्दर भविष्य निर्माण गर्न
सक्षम होऊ, सफल होऊ !
तब न
बालदिवस मनाउॅदा
बालबालिका
हॅास्न सक्नेछन् नाच्न सक्नेछन्!
अनि पो
बालदिवसको सार्थकता
झल्किने छ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मैले दर खान्न बरिलै”

रामप्रसाद पन्थी रेसुङ्गा न पा २,गुल्मी पाेहाेर सम्म आमासित मामा घर जान्थें म मामाघर टन्न…

4 hours ago

तीज

अम्बिका धिताल भक्तपुर “आमा! यसपालि माइती घरमा दर कुन दिन खाने खै केही खबर आएन…

4 hours ago

नेपाली नाटक फलामे गेटमा अभिनय गर्दाको अनुभव

सैयम अर्याल खत्री रोल नं: ४१०९ कक्षा: ७'ग' बूढानीलकण्ठ स्कुल भलिबल म्याचको रौनकतालाई एकातिर छोडेर…

4 hours ago

“दर”

गणेश आत्रेय मदनपोखरा,पाल्पा चेली माइतमा आज गर्छन् खूब रमाइलो। हाँसो खुशी छरेका छन् मनमा छ…

5 hours ago

“मेराे बाबा”

  रामप्रसाद पन्थी रेसुङ्गा न पा २ गुल्मी बाबासँगै बिताएका रमाइला पल सिम्झिएर दिन रात…

1 day ago

तिज तिज जस्तो हुन्थ्यो

हरीश शर्मा तिज तिजजस्तो हुनका लागि सौभाग्य र समृद्धिका लागि शिव र पार्वतीको उपासनाका लागि…

1 day ago