मित्र उराठी गौतम
अमरपुर गुल्मी हालः तिलोत्तमा रुपन्देही
स्वाद जम्मा छ किसिमका छन्। विज्ञान पढाउने सरले कक्षामा भन्नुभयो।
अमिलो पिरोतितो टर्रो गुलियो र नुनिलो। अब यी स्वाद हुने विभिन्न चिजहरुका नाम आ आफ्नो कापीमा लेख। म एकछिनमा आएर हेर्छु। कक्षाकार्य दिएर सर अर्को कक्षातिर लाग्नुभयो।
सबै विद्यार्थीहरु कक्षाकार्यमा तल्लिन भए।
एकैछिनपछि सर आउनुभयो। प्रत्येक विद्यार्थीलाई क्रमैसँग उठाउँदै कापीमा लेखेको कुरा पढ्न लगाउनुभयो।
यसै क्रममा देवकीको पालो आयो।
उनले उठेर कापीमा लेखेको कुरा पढेर सुनाइन्।
सुनाइसकेपछि थप जिज्ञासा राखिन् प्रकृतिले गुलियो उखु गरायो। कागती अमिलो बनायो। हर्रो टर्रो बनायो। करेला तितो बनायो। पिरो खुर्सानी बनायो। विभिन्न किसिमका फलफूल, कन्दमूल तरकारी जति बनायो, जम्मा पाँचवटा स्वादको मात्रै बनायो।
अनि के भो त देवकीको भनाइ पुरा नहुँदै सर प्वाक्क बोल्नुभयो।
भन्दै त छु सर सुन्नुस् न यति धेरै खानेकुरा प्रकृतिले विभिन्न स्वादमा बनायो तर नुनिलो स्वादको न कुनै फलफूल, न कन्दमूल न त तरकारी नै बनायो। प्रकृतिले बनाउँदा बनाउँदै बिर्सेको त हैन् सर ?
उनको जिज्ञासा सुनेर विद्यार्थीहरु गलल्ल हाँसे।
सर भने हातमा रहेको कलमले विस्तारै विस्तारै आफ्नै टाउकोमा ठोक्दै आँखा बन्द गरेर सोचमग्न हुनुभयो।
कृष्ण शरण उपाध्याय बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून्, ती देशका हुन् जग बच्चा हृष्ट र…
रामप्रसाद पन्थी रेसुङ्गा न पा २,गुल्मी पाेहाेर सम्म आमासित मामा घर जान्थें म मामाघर टन्न…
सैयम अर्याल खत्री रोल नं: ४१०९ कक्षा: ७'ग' बूढानीलकण्ठ स्कुल भलिबल म्याचको रौनकतालाई एकातिर छोडेर…