नरिश्वर गौतम
बिहानै हेर त फर्केर
जताबाट आउँदैछ घाम
बढ्दै जान्छ उज्यालो
पूर्व दिशा त्यसको नाम ।।
दायाँबायाँ फैलाऊ हात
बिस्तारै माथि चढ्छ
घाम जब जान्छ तिम्रो पछाडि
पश्चिम दिशा त्यसको नाम ।।
जता छ तिम्रो बायाँ हात
अग्ला हिमाल त्यतै छन्
देखायो बायाँ हातले जहाँ
उत्तर दिशा त्यसको नाम ।।
जता छ तिम्रो दायाँ हात
समतल फाँट त्यतै छन्
देखायो दायाँ हातले जहाँ
दक्षिण दिशा त्यसको नाम ।।
इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…
मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…