Categories: बाल कथा

असमानता


तुलसी पण्डित

आमा सुनौलो सपना साँचेर विदेश आइयो तर सबै कुरा सोचे जस्तो हुने रहेनछ।
सपनामा यो कुरा सुनेर आमा आत्तिदै उठ्नुभयो। छट्पटीनु भयो। आबेगमा आएर भन्न थाल्नु भयो। “छोरी तिमी यो के भन्दैछौ ?”
“आमा मैले यहाँ आएर धेरै प्रयास गरेको हो । जागिर खान हरेक ठाउँमा परीक्षा दिनको लागि धाएकै हो । नाम न निस्केपछि अरु पनि विज्ञापन हेरि रहन्थे । कुनै ठाउँ बाँकी राखिन फर्म भर्नको लागि । तर मलाई कतैबाट पनि सफलताले साथ दिएन ।”
आमा फेरि सोच्न थाल्नु भयो। मैले छोरीलाई डाक्टर पढाएको हो । डाक्टर पढेको हुँदा उसको विवाह पनि डाक्टरसँग भयो । कति खुशी थियो त्यो बेला हाम्रो परिवारमा । सबैले हामीलाई बधाई दिएका थिए । गजबको जोडी मिलाइ दिनु भो भन्थे । अझ थप्थे । यो छोरीबाट तपाईँले जिन्दगी भर अपजस पाउनु हुने छैन । उसमा पनि सधैँ सन्तोषले बास गर्नेछ।
आमा फेरि चिन्तित देखिन थाल्नु भयो। “छोरी मैले राम्रो परिवार भनेर तिमीलाई दिएको हो । उनीहरूले तिमीलाई साथ दिएनन् कि के हो ?” आमा मैले घर परिवारबाट राम्रो सहयोग पाएको हो । उहाँहरू यही आएर छोराछोरीको रेखदेख गर्दै भन्नुहुन्थ्यो। “तिमी निर्धक्क सँग पढेर जाँच देउ जागिरको लागि । बरू अन्तै कोठा खोजेर बस । यहाँ बस्दा तिमीलाई छोराछोरीले गिजोल्ने छन् । तयारी राम्रो न हुन सक्छ ।”
“ए अझ प्रयास गरेको भए हुने थियो छोरी । त्यति तल गिर्न पर्ने थिएन ?”
“आमा हजुर पिर न मान्नुहोस् डाक्टर छोरीले जागिर खान न सकेर फेरि उहाँ गएर नर्स पढी भनेर।”
“छोरी पिर त लागि हाल्छ नि कताको डाक्टर कताको नर्स । स्तर मिल्दैन । त्यति धेरै लगानी गरेर पढाएँ मैले ।”
“आमा पश्चिमा देशहरूमा जागिरमा सानो ठूलो भन्ने भेदभाव हुने रहेनछ । यहाँ सबै काम समान हुने रहेछ । यहाँ सबै कामको इज्जत छ । म र ज्वाइको जागिरमा पैसाको भिन्नता होला तर इज्जतमा घटीबढी छैन।
आमाले जिल्ल पर्दै भन्नु भयो। “गरीव देशमा मात्र हुने रहेछ काममा असमनता र भेदभाव है नानु ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

फीफा वर्ल्ड कप 2026

Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…

4 hours ago

“पन्ध्र असार”

लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…

5 hours ago

“ल्याए है, उँभौली”

युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…

5 hours ago

सफलता

उमानाथ दाहाल "यसपटक पनि मेहनत नै नपुगे जस्तो देखियो।" लोकसेवा आयोगले लिएको नासुको परीक्षामा असफल…

5 hours ago

“पार्क घुम्न जाँदाको रमाइलो”

  रञ्जुश्री पराजुली अमेरिका पार्क घुम्न जाँन रमाइलो लाग्छ एक्लै हैन घुम्न जाने साथी सङ्ग…

1 day ago

मल्लिका

रीता मिश्रा तिवारी भागलपुर,बिहार सानैदेखि सुनेको हो कि..कश्मीरलाई धर्तीको स्वर्ग भनिन्छ। यहाँको हावापानी, प्राकृतिक सुन्दरता…

1 day ago