भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर
“बाबा हुजरको विहेमा मलाई किन नलगेको ?” छोराले फोटो देखाउँदै सोध्यो।
हजुरआमा सुनेर हाँस्दै, “के भन्छ ?” भन्दै काममा अल्मलिनुभयो।
फेरि रून्चे स्वरमा, “ममी, आमा, बुबा अनि तपाइँ सबै हुनुहुन्छ तर ममात्र कहीँ नि छैन । खानेकुरा पनि कति धेरै अनि मिठामिठा रहेछन् ।” अबोध स्वरले एकोहोरो गनगन गर्यो।
छोराको उत्कण्ठाले भरिएको प्रश्नले उनी नि:शब्द भए । अनेक बहाना बनाउँदै थिए । त्यतिकैमा ममीले आवाज दिँदै आइन र भन्न थालिन्, “केको गनगन हो बाबुको।”
उसले आमाको अनुहार मसार्दै पुन: उहीँ प्रश्न दोहोर्यायो, “तपाईँहरूको विहेमा किन नलगेको, कहाँ गएको थिएँ र म ?” उसले दुखेसो पोख्दै रून थाल्यो।
उनले अनकन गर्दै फकाउँन थालिन, “तिमी घरमा थिएनौ, घुम्न गएका थियौ, त्यसैले।” उनले अल्मल्याउँन खोजिन्।
फेरि मायालु स्वरमा, “बाबु नयाँ लुगा लगाएर आज घुम्न जाने है । बरू भनन कहाँ जाने ?” उनले कुरा बङ्ग्याइन्
छोराले उत्सुकताले भरिएको नजर जुधाउँदै भन्यो, “पार्क अनि कोको जाने ।”
यस्तै बातचित चलिरहेका बेला हजुरआमा आएर परिवेश नियाली बाबुलाई सुमसुम्याउँदै भन्नुभयो, “तिमी जन्मिएकै थिएनौ बाबु, यो उमेर जिज्ञासुको हो, तिमीहरू किन कुरा बुझ्दैनौ हँ ?” उनले मसारिन् ।
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…