Categories: विविध

हाम्रो भोट, हाम्रो अधिकार


रोजिना घिमिरे

भाइबहिनी हो, के तिमीहरूलाई थाहा छ ? हाम्रो देशमा चुनाव हुँदा हरेक नागरिकलाई आफ्नो नेता आफैँ छान्ने अधिकार हुन्छ। तर के तिमीहरूले कहिल्यै सोचिरहेका छौ ? यदि कोही दाइ-दिदी, हजुरबुबा-हजुरआमाको आँखाले देख्न सक्नुहुन्न वा उहाँहरूको हात राम्रोसँग चल्दैन भने उहाँहरूले कसरी भोट हाल्नुहुन्छ होला ? अब हाम्रो मुलुकमा चुनाव आउँदैछ आउ म तिमीहरूलाई यो विषयमा जानकारी गराउँछु। है? हुन्छ ? भाइबहिनी हो, तिमीहरूलाई थाहा छ ? हुन त तिमीहरू अहिले सानासाना छौ भोलि पर्सि ठुलो भएपछि बिस्तारै थाहा पाउनेछौ तर अहिले पनि तिमीहरुले केही कुरा जान्नुपर्ने हुन्छ, ध्यान दिएर सुन है त हुन्छ? हेर भाइबहिनीहरू, उहाँहरूलाई पनि त आफ्नो मनपर्ने मान्छेलाई नेता बनाउने र देश विकासमा सहभागी हुने मन हुन्छ नि, होइन र ? आऊ, आज यसबारे केही रोचक र महत्त्वपूर्ण कुराहरू जानौँ। तिमीहरूलाई पनि लागिरहेको होला, यो किन गर्नुपर्छ ? मतदान भनेको हाम्रो मनको कुरा सुनाउने र आफ्नो भविष्य रोज्ने माध्यम हो। अपाङ्गता भएका व्यक्तिले भनेकै ठाउँमा भोट हालिदिनु किन जरुरी छ भने: तिमीले चकलेट रोजे जस्तै: जसरी तिमीलाई आफ्नो मनपर्ने चकलेट वा खेलौना रोज्ने अधिकार छ, त्यसै गरी उहाँहरूलाई पनि आफ्नो नेता रोज्ने पूरा अधिकार हुन्छ। आत्मसम्मान र गर्व: जब सहयोगीले उहाँहरूले भनेकै ठाउँमा छाप लगाइदिन्छन्, तब उहाँहरूलाई “मैले पनि देशको लागि योगदान गरेँ” भन्ने गर्व र खुसी लाग्छ। समानता: शरीरले साथ नदिए पनि उहाँहरूको विचार अरूको जत्तिकै महत्त्वपूर्ण हुन्छ। त्यसैले उहाँहरूको विचारलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो। चुनावमा सहयोगीले पालना गर्नुपर्ने साना तर निकै कडा नियमहरू छन्, जुन तिमीले पनि जानिराख्नुपर्छ: साथी बन्ने, मालिक होइन: सहयोगी केवल मतदाताको ‘हात’ मात्र बन्नुपर्छ। मतदाताले “गिलास”, “सूर्य” वा “रुख” जहाँ भन्नुहुन्छ, त्यहीँ मात्र छाप लगाउनुपर्छ। आफ्नो मन खुसी गर्न बिल्कुलै पाइँदैन। यो एउटा गोप्य (Secret) हो: मतदाताले कसलाई भोट हाल्यो भन्ने कुरा सहयोगीले बाहिर आएर कसैलाई पनि भन्नुहुँदैन। गोप्यता राख्नु सबैभन्दा ठूलो नियम हो। अनुमति अनिवार्य: जो पायो त्यही मान्छे सहयोगी बनेर भित्र छिर्न पाइँदैन। मतदान केन्द्रमा बस्नुभएका अधिकृत (सर वा मिस) सँग अनुमति लिएर मात्र सहयोगी जान पाइन्छ। इमानदारी नै धर्म हो: सहयोगीले कहिल्यै पनि मतदातालाई ढाँट्नु हुँदैन। नदेख्ने मान्छेलाई “मैले तपाईंले भनेकै ठाउँमा भोट हालिदिएँ” भनेर अर्कै ठाउँमा छाप लगाउनु अपराध हो। भाइबहिनी हो, तिमीहरूलाई एउटा अर्को कुरा पनि थाहा छ? अपाङ्गता भएका व्यक्तिहरूलाई सजिलो होस् भनेर निर्वाचन आयोगले अरू पनि धेरै राम्रा कामहरू गर्नुपर्ने हुन्छ। के तिमीहरू पनि जान्न चाहन्छौ? ती कार्यहरू के के हुन्? आउ अब हामी यही विषयमा छलफल गरौँ है त? ब्रेल मतपत्र (Braille Ballot): तिमीहरूलाई थाहा छ? दृष्टिविहीन व्यक्तिहरूले अक्षरहरू छामेर पढ्न सक्छन्। त्यसैलाई ‘ब्रेल’ भनिन्छ। धेरै ठाउँमा छामेरै थाहा पाउने गरी मतपत्रको व्यवस्था गरिएको हुन्छ ताकि उहाँहरूले कसैको मद्दत बिना नै भोट हाल्न सक्नुहोस्। ह्वीलचेयर जाने बाटो (Ramp): हिँड्न नसक्ने व्यक्तिहरूका लागि मतदान केन्द्रमा ह्वीलचेयर सजिलै गुड्ने भिरालो बाटो (Ramp) बनाइएको हुन्छ। लाइन बस्नु नपर्ने: अपाङ्गता भएका व्यक्ति, वृद्धवृद्धा र बिरामीहरूलाई घण्टौँ लाइनमा कुराउनु पर्दैन। उहाँहरूलाई सिधै भित्र लगेर भोट हाल्ने व्यवस्था मिलाइन्छ। साङ्केतिक भाषा र चित्रहरू: सुन्न वा बोल्न नसक्ने व्यक्तिहरूका लागि इसाराले बुझाउने मान्छे वा बुझिने गरी चित्रहरू राखिएका हुन्छन्। भाइबहिनी हो, ल अब भन त, के तिमीहरूले कतै मतदान केन्द्रमा यस्तो व्यवस्था देखेका छौ?” भाइबहिनी हो, एउटा कुरा सधैँ याद राखौँ है! अपाङ्गता हुनु भनेको कमजोरी होइन, यो त एउटा अवस्था मात्र हो। उहाँहरूलाई दया होइन, माया र अलिकति मद्दतको मात्र खाँचो हुन्छ। हामीले पनि बाटोमा, स्कुलमा वा समाजमा अपाङ्गता भएका साथीहरूलाई भेट्दा उनीहरूको इच्छा सोधेर मात्र मद्दत गर्नुपर्छ। हामीले आजैदेखि यस्ता कुराहरू बुझ्यौँ भने पछि ठुलो हुँदा हामी एउटा असल र जिम्मेवार नागरिक बन्न सक्छौँ। “ल अब भन त, यदि तिम्रो छिमेकमा कोही दृष्टिविहीन (आँखा नदेख्ने) दाइ-दिदी वा हजुरबुबा-हजुरआमा हुनुहुन्छ भने, उहाँलाई मतदान केन्द्रसम्म पुर्याउन र भोट हाल्न तिमीले कसरी मद्दत गर्न सक्छौ होला ?”

सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

9 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

9 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

2 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

2 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

2 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

3 days ago