युगल बसेल
सन्धिखर्क -१,तुम्कोसट हाल चन्द्रागिरी -११
नरोऊ नरोऊ भन्देऊ न उँSSउँ गर्दै रुनेलाई
बोSSSडी ! भनी तर्साइदेऊ न भाउ धेरै हुनेलाई।
काखैमा बसाल्ने रे आँखैमा पसाल्ने रे
कोक्रोमा, बिछ्यौनामा राखे रोइहाल्ने रे।
साना साना आँखामा सपना ठूला होलान् कि ?
फुलजत्रा पाउले अग्ला चुली छोलान् कि ?
सोध सानो मुटुमा माया कति ठूलो छ ?
माया नाप्ने पाथी छ आथवा के तुलो छ ?
त्यो कलिलो चिउँडोमा हाँसो फुल्ने कहिले?
साना साना ओठमा बोली फुट्ने कहिले ?
टुकुर टुकुर हिँड्ने बेला मैले तिनलाई डोर्याऊँला
सोधिदेऊ न म डोरिने दिन पो कहिले आउला
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…