Categories: बाल कथा

बाल जिज्ञासा


रमेश सुबेदी
ललितपुर – १३, कुसुन्ती

मामु हिजो एउटा भजनमा बिषय वासनामा नभुल भनेर भनेको सुनेँ । त्यो बिषय वासना भनेको के हो ? छोरीको यस्तो प्रस्न सुनेर एक्छिन त के जवाफ दिनु भनेर अलमल परिन । तुरुन्तै मुख बाट फुत्त फुत्कियो, भोलि पर्सि थाहा हुन्छ । आमाको जवाफ सुनेर उसको मनमा जागेको उत्सुकता रहिरह्यो ।
आफु सरहको साथीलाई सोद्धा पनि पत्तो लागेन । आफु भन्दा ठुला दिदीहरुबाट पनि चित्त बुझ्दो जवाफ नपाए पछि पाको शिक्षक समक्ष आफ्नो प्रश्न राखी । उनले उदाहरण सहित भने, यो कलम तिमीलाई एक्दम मन पर्यो र लिन मन लाग्यो । म सङग माग्न सकिनौ र मनमा लोभ राखि रह्यौ । जब जब म यो कलमले लेखी रहेको हुन्छु, तिम्रो आँखा यसैमा र तन मनमा थहा नपाई लोभ जाग्रित भै रहेको हुन्छ । हो यसैलाई विषय वासना भन्छन्।
नजिकै बसेर सबै कुरा सुनि रहेको जवान शिक्षकले मौका हेरि उसलाई बोलायो र भन्यो तिमीले अघि सरलाई सोधेको प्रश्नको उत्तर म सङ्ग छ । उ छक्क परि र सोधी अनि अघि उहाँ सरले दिनु भएको जवाफ मिलेन र ? मिल्न त मिल्यो तर तिमीले प्रस्ट बुझिनौ, म प्रस्ट बुझाउन सक्छु । जवान शिक्षकले कौतलता जगाएर आफ्नो काम तिर लाग्यो । बाल मस्तिष्क कहुतलताले सतायो र अनेक जुक्त्ति लगाई । आमाको मोबाईल लिएर गुगल गर्दै शब्द खोज्न लागि । विषय वासनाको अर्थ – काम वासना, कामोन्माद, काम लिप्सा, कामुकता, देहासक्ति, विषयसक्ति, मज्जा, ऐश, मौज, विषय-सुख, भोग-विलास । यति कुरा पत्ता लगाए पछि आमालाई पुनः सोधी, काम वासना र बिषय वासना भनेको के हो मामु ? तपाईँले नभन्ने हो भने त्यो जवान शिक्षकले बताई दिन्छु भनेर उसको कोठामा बोलाएको छ, जाउँ कि नजाउँ ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

6 hours ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

7 hours ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

1 day ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

1 day ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

1 day ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

2 days ago