राधा आचार्य
बुटवल,रुपन्देही
मलाई मनपर्ने
पोषणयुक्त खाना
आहा !कत्ति सुहाउने
जिउ ढाक्ने नाना।
भर पर्छु आमाबाको
म छु सानो सानो
मलाई पनि चाहिन्छ
ओत लाग्ने छानो।
रोग लागे ऐया! हुन्छ
मलाई पनि दुख्छ
उपचार पाएदेखि
मेरो घाउ सुक्छ।
सानो बालक भनेर
मार्न हुन्न इच्छा
मैले पनि पाउनुपर्छ
कामलाग्ने शिक्षा।
जाँगर थप्न स्वस्थ हुन
मैले खेल्नुपर्छ
झेल्छु बरु खेल्दाखेल्दै
जेजे झेल्नुपर्छ।
रामशरण न्यौपाने “पाँचघरे” आषाढ लाग्यो रोपाइँगर्न बेँसीमा झर्नु छ बनेन पुल तुहिन बाटै मर्स्याङ्दी…
नीरज काेइराला खाेजेर सुख मिल्छ कि भनी पसेकाे सहर खाडल ठुलाे दुःखकाे मिल्याे हरायाे रहर…
विदुर अधिकारी रामपुर,चितवन कृषक हामी ,बन्नु छ दामी, सत्कर्म गरेर खेतको गरा , सजाऔँ हामी…
दुर्गा घिमिरे राष्ट्रिय धान दिवसको उपलक्ष्यमा बिहानैदेखि फेसबुकका भित्ताहरू हिलाम्मे हुन थालिसकेका थिए। कहिले धानबारीको…
लक्ष्मी न्यौपाने सत्यवती ६ गुल्मी सभ्यता र सँस्कृतिको बढाइ पहिचान प्रतिष्ठालाई जोगाउने मुख्यबाली धान। सिमसार…