बाल खोराक

 

शिव नेउपाने
रुम्तेक सिक्किम

ए स-साना नानी हो
पढ राम्रो पढ,
अरू हात्ती चडे भने
तिमी धुरी नचड।

दुखी, गरीब ,बृद्धलाई
नगर है हेला,
छेउको सियो बिचमा
पनि हुन्छ कोही बेला।

नमस्कार थाप्नेभन्दा
गर्ने महान हुन्छ,
चरित्रको कालो मैलो
यसैले नै धुन्छ।

चाकरी गर्न नसम्झेर
विद्वान बन्न पढ,
देश समाजका हित कार्यमा
सँधैं अघि बड।

मागी खाने हैन नानी
दिई खाने बन,
सत् कर्ममा लाग तिमी
आफैं आउँछ धन।

चोरीको र ठगी धनले
आफ्नै हुन्छ हान्ति,
पसिनाको कमाईले मात्र
हुने गर्छ शान्ति।

कुरा सबैको सुन्ने गर्नु
निर्णय आफै लिनु ,
कुलतको नशा भए
आजै छोडीदिनु।

ईष्ट मित्र छर-छिमेकी
सबसे ठूलो धन,
विसंगती, कुसंस्कारमा
नलगाउनु मन।

माता पिता गुरूजनको
आज्ञा पालन गर्नु,
साना ठूला यथा योग्य
सबलाई ईज्जत गर्नु।

खानु हुन्न सुत्ने खाटमा
सुतेर पडनु हुन्न,
भिजेको खुट्टा लिईकन
फेरि खाटमा चडनु हुन्न।

टुटे फुटेको खाट भए
हुन्न त्यसमा सुत्नु,
श्रृषि मुनिको मत हो यो
माता पितासँग बुझ्नु।

देब्रे हालले सौंच सफाई
दाहिनले भोजन,
राम्रो आदत सिक्दै जाऊ
बडदै जान्छ ओजन।

देब्रे पट्टि कोल्टे परि
नगर्नु सुत्ने बानी,
विद्वान भन्छन यसो गर्दा
हुन्छ स्वास्थ्यमा हानी।

राम्रोकाम गर्नेलाई
राम्रै हुन्छ फल
हे नानी हो नरम्रो काममा
नगर्नु है बल।

जुत्ता चप्पल कहीं राख्ता
उभिन्डो राख्नु हुन्न,
यसो भए घरमा कैलै
कुलक्षणले छुन्न।

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

38 minutes ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

1 hour ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

1 hour ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

1 day ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

1 day ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago