Categories: बाल कथा

तिहार


शान्ता तिम्सिना
भक्तपुर

“आमा ! मलाई एउटा कुरा सोध्नु छ ;” चार बर्षिया छोरीले भनी।
” भन त छोरी ! के कुरा हो ?” उनी सुन्न उत्साहित भइन् ।
“अस्ति कागलाई किन भात दिनुभएको !” उसले जिज्ञाँंसा राखी।
“काग तिहार हो नि त , छोरी ! कागको पुजा गरेर भात दिनुपर्छ ।” उनले भनिन्।
“कागलाई किन पुजा गरेको आमा !” थप जिज्ञासा राखी।
“यमुनाले दाजु यमराजलाई पठाएको चिट्ठी कागले पुर्याएको रे ! त्यसैले सम्मान स्वरुप यसको पुजा भएको हो नि! ।” उनले जवाफ दिइन्।
“अनि कुकुरलाई चाहिँ किन पुजा गरेको त !” छोरीले अर्को जिज्ञासा थपी।
“कागले लगेको पत्र पाएपछि यमराज यमुनाको घरमा गए । यमुनाले पाँच दिन बस्न आग्रह गरिन् । यमराजले बहिनिको आग्रह स्वीकार गरे । आफु नफर्कने कुरा कुकुर मार्फत यमलोकमा खबर पठाए रे । त्यसैले यमराजको दुत भनेर कुकुरको पनि पुजा गरिन्छ। ।” सहज भाषामा उत्तर दिइन्।
“त्यसो भए गाईको चैँ किन पूजा गरेको त ?” छोरीले फेरि जिज्ञासा थप्दै गइ।
“लक्ष्मीले गाई मार्फत यमराजलाई खबर पठाएकी थिइन् । यमुनाले आफ्नो घरमा गाई आउँदा लक्ष्मी संझेर पूजा गरेकी थिइन्। त्यसैले आज हामी पनि गाईलाई पूजा गर्छौ !” छोरीले बुझ्ने भाषामा भनिन्।
“अनि गोरुको चैँ किन पूजा गरेको त ? ” छोरीले एक पछि अर्को जिज्ञासा राख्दै गइ ।
“यमराजले चार दिनमा जाने कुरा गरेपछि गाइसँग साथी आएको गोरुले जोडी दिनमा जानु हुन्न , भोलि मात्र जानू जानु भनेको हुनाले गोरुको पनि पूजा गरेको हो छोरी !”
यमपन्चकको पाँचौ दिन यमुनाले यमराजलाई पूजा गरि फुल , माला अबिर लगाएर मिठा मिठा परिकारहरु खुवाइन्। प्रत्येक बर्ष सबैका दाजु बहिनीले यसरी नै टीका लगाउन पाउन् भन्ने आशीर्वाद मागिन्।
बल्ल पाचौँ दिनमा टीका लगाएर यमराज पनि यमलोक फर्किएका थिए।
“बल्ल तिहारको कथा थाहा पाएँ ।” छोरीले मक्ख पर्दै भनी।
“अर्को कुरा , यमराजले आफ्नो कामबाट छुट्टी लिएर यमलोक छाडी यमुनाकै घरमा बसेको हुनाले यो पाँच दिन कसैको पनि मृत्यु हुँदैन भन्ने मान्यता पनि रहेको छ नि !” सम्बाद सुनिरहेका बाबाले बिचैमा कुरा थपे।
श्रीमतीले ओठ लेप्र्याउँदै भनिन् ; “हजुर पनि नचाहिने कुरा गर्नु हुन्छ । त्यसो भए अस्ति कुकुर तिहारकै दिन मेरा मितबा बितेर जुठो बारेको बिर्सनु भयो ?”

सारथि बाल पत्रिका

View Comments

  • Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

  • Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

23 hours ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

23 hours ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

23 hours ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

2 days ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

2 days ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

2 days ago