घनश्याम रेग्मी
बालक हौँ मिलिजुली आज पढ्न जान्छौँ
भोलि हामी सँगै मिली देशको नाउ लेख्छौँ।
अशिक्षा र गरिबीको अन्त्य गर्नलाई
हामी सबै लड्नु पर्छ एकजुट भई
आज हामी पढे लेखे बाटो खोल्न सक्छौँ
नेपाल आमा रोएको त हेर्न कहाँ सक्छौं।
बालक हौँ…..
मलिलो छ माटो हाम्रो रसिलो छ पानी
आमा नेपाल भन्न पायौँ हामी भाग्यमानी
भाषा भेष राम्रो हाम्रो आफ्नै स्वाभिमानी
यो देशको सेवा गर्ने हामी भाग्यमानी।
बालक हौँ …..
थरीथरी जात धर्म थरीथरी पर्व
नेपाली भई जन्मिएर हामीलाई गर्व
साथी भाइ सबैजना मिली हाँस्न पाए
कस्तो राम्रो हुन्थ्यो होला सँगै नाच्न पाए।
बालक हौँ ….
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…